logo
  • शनिबार, साउन ३० २०८३

रेसुङ्गा नगरपालिकाको दादुरा–रुवेला खोप अभियान


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल,गुल्मी फागुन १ ।

पूर्ण खोप दिगोपनको तथा दादुरा–रुवेला खोप अभियानको बारेमा रेसुङ्गा नगरपालिका खोप समन्वय समितिले अन्तरक्रिया सम्पन्न गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पाँचौं दादुरा–रुवेला खोप अभियान २०७६ आगामी फागुन र चैत महिनामा सञ्चालन गर्दैछ । सोहि अभियानलाई मध्येनजर गरेर रेसुङ्गा नगरपालिका खोप समन्वय समितिले अन्तरक्रिया तथा छलफल गरेको छ । अन्तरक्रियामा नगरभित्र खोपको अवस्था, खोपको महत्व, नगरभित्र खोपको सुक्ष्म योजना, दादुरा–रुवेला अभियानको औचित्य र संचालन प्रक्रियाका बारेमा छलफल गरिएको थियो ।

साथै अभियान सफल बनाउन योजना निर्माण गरि समितिबाट स्विकृत गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले बताए । कार्यक्रममा बोल्दै नगरपालिकाको उपमेयर सिता भण्डारीले सवै पक्षको सहयोग र समन्वयमा राष्ट्रिय खोप अभियान सफल बनाउन आग्रह गरिन् । अन्तरक्रियाको सहजीकरण स्वास्थ्य संयोजक अर्यालले गरेका थिए । गुल्मीमा पहिलो चरणमा फागुन ६ गतेदेखि ं१४ गतेसम्म जिल्लाका रेसुङ्गा नगरपालिका, कालिगण्डकी, चन्द्रकोट, सत्यवती, रुरु क्षेत्र, छत्रकोट, गुल्मीदरवार गाउँपालिकाका बालबालिकालाई खोप लगाउने कार्यतालिका रहेको छ ।त्यस्तै दोस्रो चरणमा फागुन १८ गते देखि २६ गते सम्म मुसिकोट नगरपालिका, ईस्मा, मालिका, मदाने र धुर्कोट गाउँपालिकाका बालबालिकालाई खोप लगाइने दादुरा–रुवेला खोप अभियानका फोकल प्रर्सन पशुपति आचार्यले बताए । गुल्मीमा ९ महिनादेखि ५ वर्ष मुनिका २७ हजार बालबालिकालाई खोप लगाइने आचार्यले जानकारी दिए । गुल्मीका ९३ वटा वडामा ७ सय १६ वटा खोप केन्द्र छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend