साझा नेटवर्क
कमल पौडेल, बागलुङ माघ २८ ।
बडिगाड गाउँपालिका वडा नं. ८ रणसिंहकिटेनीका अध्यक्ष यम बहादुर श्रीस मातृशोकमा हुनुहुन्छ। हिन्दु संस्कार अनुसार किरियामा बस्नुभएका श्रीसले वडा वासिको काम भने रोक्नुभएको छैन।

एकजना सहयोगी राखेर किरियापत्रीको रुपमै रहेको बेला आवश्यक कागजात तयार गर्ने, सामाजिक समस्याहरुलाई समाधानको लागी पहल गर्ने गर्नुभएको हो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कमिटि सदस्य समेत रहेका श्रीसले शोकलाई शक्तिमा बदल्दै जनताको सेवामा खटिएको बताउनु भएको छ ।
१३ दिन सम्म जनता सेवावाट टाढा रहँदा समस्या हुने भन्दै श्रीसले सिरिया वसेकै स्थानवाट सेवा दिनुभएको हो। अध्यक्ष श्रीसकी ममतामयी माता चन्द्रकला श्रीसको यही माघ २४ गते ७७ वर्षको उमेरमा निधन भएको थियो।
सेवाग्राहिहरु आवश्यक सेवाको लागी अध्यक्ष श्रीसको घरमै पुग्ने गरेका छन्। जनताको सेवक वडा अध्यक्ष भएको भन्दै स्थानियले श्रीसको प्रशंसा समेत गरेका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend