साझा नेटवर्क
अनिष पाठक,खर्वाङ माघ २६ ।
भानु माध्यामिक विद्यालय ग्वालिचौरले आफ्नो ५७ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ ।
आज भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडिगाँड गाँउपालिकाका अध्क्षय मेहरसिँह पाइजाले विद्यालयको गुणस्तर विद्धिको लागि शिक्षक विद्यार्थि र अभिभावकको भुमिका महत्वपुर्ण हुने बताउनुभएको थियो । पाइजाले अहिलेको युग प्रविधिको युग भएकको हुँदा तिनै तहका सरकारले प्रविधिक शिक्षामा जोड दिनुप्रर्ने बताउदै गाँउपालिकाले पालिका भित्रका विद्यालयमा गरेको सर्वेक्षणबाट उठेका केहि विषय लागु गर्ने तयारीमा रहेको समेत बताउनुभयो । पाइजाले भन्नुभयो पालिकाभित्रका विद्यालय मर्च गरेर भएतापनि गुणस्तरिय शिक्षा दिनुपर्छ ।
उत्सव २४ गतेबाट शुरुभएको थियो सोे अबसरमा विद्यालयले विभिन्न प्रतियोगिता पनि सम्पन्न गरेको छ । जस अन्तरगत हास्यव्यङग्य प्रतियागितामा करिस्माको समुह प्रथम,पुजा केसीको समुह द्धितिय तथा सन्दीप गौतम तितिृय भएका थिए । अन्तर सदनात्मक छात्रा भलिवलमा गण्डकी सदन प्रथम तथा मेचि सदन द्धितिय भए भने छात्र भलिवलमा महाकालि सदन प्रथम तथा मेचि सदन द्धितिय भएका थिए ।
त्यस्तै खुल्ला रेकड् डान्समा रेशम पाइजा प्रथम, निर्मला परियार र मनिष थापा द्धितिय तथा पुजा खत्री तितिृय, हिसाब दौडमा कक्षा ५ का भागिरथ परियार प्रथम, कक्षा ५ का धन बहादुर गुरुङ द्धितिय तथा कक्षा ५ कै कृष्टी थापा तितिृय भए । उता अन्तर सदनात्मक बादविवाद प्रतियोगितामा रमेश पाइजा प्रथम, अमित खरेल द्धितिय तथा शिखर धिताल तितिृय भए । हजिरी जवाफ प्रतियोगितामा भने गण्डकी सदन प्रथम तथा कर्णलि सदन द्धितिय भए ।
विद्यालयका प्रचार्य केशव खरेलले २०७५।०७६ को वार्षिक प्रतिवेदन, तथा कुल १ करोड ८० लाख ४५ हजार १ सय ३३ रुपैया बराकोे आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । खरेलले गाँउपालिकाको र वडाको तर्फदेखी विज्ञान प्रयोगशाला र करेशाबारी तथा घेराबारको लागि ११ लाख ३९ हजार २ सय ९१ बराको बजेट विनियोजन भएको बताउदै गाँउपालिकाको र वडाको साथ भएमा विद्यार्थिकोलागि दिवा खाजाको पनि व्यवस्था गर्ने योजना रहेको बताउनुभएको थियो ।
त्यस्तै कार्यक्रममा पुर्व विद्यार्थि शिवलाल आर्चाय, पौदिटारी आधारभुत विद्यालयका शिक्षक राम चन्द्र खरेल, पुर्व प्रचार्य बालकृष्ण आर्चाय, वडा नं. ५ का वडा अध्यक्षय अर्जुन प्रसाद खरेल, लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताले विद्यालयले देश निमार्णमा आवाश्यक जनशक्ती निमार्ण गरिरहेको र ति जनशक्तीले विभिन्न पदमा रहेको काम गरेको समेत बताएका थिय। साथै उनिहरुले अहिले पुरानो शैक्षिक सिकाइले प्रतिशपर्धा गर्न नसक्ने बताउदै आधुनिक र प्रविधिक शिक्षा दिनुप्रर्ने बताएका थिय ।
कार्यक्रमका अबसरमा एसइइमा ३.३ जिपिय ल्याउने भोजकला घर्ति र शुसिल गौतम तथा कक्षा ११ र १२ मा उत्कृष्ट अंक ल्याउने सविना घिमिरे र जिवन बोहोरा, भानु अक्षयकोषमा सहयोग गर्ने सहयोगदाता, विभिन्न कार्यक्रममा विजयी भएका विद्यार्थिहरुलाई समेत सम्मान गरिएको कार्यक्रममा शिक्षिकाहरुको नाच निकै रोचक रहेको थियो ।
आज समपन्न कार्यक्रममा साहायक प्रर्चाय नेत्र प्रसाद गौतमको स्वागत, शिक्षक टिका पाइजाको समुहको स्वागत गित, व्यवस्थान समितिका अध्यक्षय राम सरण घिमिरेको अध्यक्षता तथा शिक्षक विष्णु आर्चायको संचालनमा सम्पन्न भएको थियो ।
२०१९ सालमा स्थापना भएको विद्यालयमा अहिले नर्सरी देखि कक्षा ४ सम्म अंग्रेजि तथा कक्षा १२ सम्म नेपालि माध्यममा कक्षा भइरहेको विद्यालयमा अहिले ५ सय ५७ विद्यार्थि संख्या रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend