logo
  • शनिबार, भाद्र २० २०८३

वनभोज तथा साँस्कृतिक कार्यक्रमका लागि बेल्बासे कतार आईपुगे


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार अविरल पन्थी, कतार ।
अर्घाखाँची सेवा समाज कतारले आयोजना गरेको तेस्रो बनभोज तथा सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट चर्चित लोक तथा दोहोरी गायक कुशल बेल्बासे कतार आइपुगेका छन ।
समाजका अध्यक्ष टेकराज थापा प्रथम उपाध्यक्ष बिष्णु कुँँवर, संस्थाका प्रमुख सल्लाहकार ठाकुर कुमार परियार ,सल्लाहकार केदार नाथ भुसाल , महासचिव बाला राम पाण्डे ,  कोषाध्यक्ष नेत्र प्रसाद आचार्य , कार्यसमिति सदस्य  बलु खत्री, बिष्णु केसी, शोभाखर भुसाल, तिलक राम घिमिरे र कार्यसमिति पदाधिकारीहरुले हमाद अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेर  गायक बेल्बासेलाई स्वागत गरेका थिए ।
समाजले कतारको सहानिया स्थित अल दोसरी (जु) पार्कमा १४ फेब्रुअरी २०२० का दिन आयोजना गरेको तेस्रो बनभोज तथा साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।कार्यक्रमका लागि पूर्ण तयारीका साथ कतार आइपुगेका गायक बेलवासेले उपस्थित दर्शक श्रोताहरुलाई आफ्ना साँगितिक प्रस्तुतीले भरपुर मनोरञ्जन प्रदान गर्ने बताए । सोहि दिन कतारमा रहेका सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित भईदिन समेत उनले आग्रह गरे ।कार्यक्रममा गायिका इन्दिरा शाह तथा स्थानिय कलाकारहरुको पनि वेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक केदार भुसालले साझा नेटवर्कलाई जानकरी बताए । समाजले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि सोहि कार्यक्रमालाई निरन्तरता दिएको हो ।कतारमा स्थापित, बैचारिक, जातिय, जिल्ला स्तरीय संघ संस्थाहरु समाजसेबी, बुद्दजीबी, साहित्यकार, कलाकार तथा पत्रकार सबैमा हार्दिक निमन्त्रणा गर्दै मगर, गैर मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भइदिन पनि समाजले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend