साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी माघ २६।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा पाँचौं दादुरा रुवेला खोप अभियान २०७६ आगामी फागुन र चैत महिनामा सञ्चालन हुने भएको छ।
अभियान दुई चरणमा हुने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । पहिलो चरण अन्र्तगत फागुन महिनामा प्रदेश नम्बर १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ बालबालिकालाई खोप लगाइने छ । भने दोस्रो चरण अन्र्तगत चैत महिनामा प्रदेश नम्बर ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने उद्देश्य छ । देशभरका ९ महिनादेखि पाँच वर्ष भित्रका करिब ३० लाख बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने छ ।
यो अभियानको पुर्व सन्ध्यामा स्वास्थ्य कार्यालय गुल्मीले ९० प्रतिशत काम सम्पन्न गरेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानीश्वर प्रसाद शर्माले जानकारी दिए । शनिबार जिल्लामा क्रियाशिल संचारकर्मीसंग अन्तरक्रिया गर्दै कार्यालयले यो अभियानमा भएका प्रगती र आगामी योजनाको बारेमा जानकारी गराएको थियो। गुल्मीमा पहिलो चरणमा फागुन ६ गतेदेखि ं१४ गतेसम्म जिल्लाका कालिगण्डकी, चन्द्रकोट, सत्यवती, रुरु क्षेत्र, छत्रकोट, गुल्मीदरवार र रेसुङ्गा नगरपालिकाका बालबालिकालाई खोप लगाउने कार्यतालिका रहेको छ । त्यस्तै दोस्रो चरणमा फागुन १८ गते देखि २६ गते सम्म मुसिकोट नगरपालिका, ईस्मा, मालिका, मदाने र धुर्कोट गाउँपालिकाका बालबालिकालाई खोप लगाइने शर्माले बताए ।
दादुरा रुवेला खोप अभियानकै क्रममा कार्यालयले अहिलेसम्म जिल्लाका सवै स्थानीय तहका विभिन्न स्वास्थ्य शाखा प्रमुखहरु, स्वास्थ्य संयोजकहरुको अभिमुखिकरण, भ्याक्सिनहरुको व्यावस्थापन, जिल्ला स्तरिय खोप समन्वय समितिको बैठक तथा जिल्लामा क्रियाशिल संचारकर्मीसंग छलफल सम्पन्न गरेको छ। अव खोप दिन स्वास्थ्यकर्मीहरुको अभिमुखीकरण, स्थानीय समन्वय समितिसंग अन्तरक्रिया र संचार माध्यमहरुमा जनचेतनामूलक प्रचारप्रसारको काम गरिने दादुरा रुवेला खोप अभियानका फोकल प्रर्सन पशुपति आचार्यले बताए ।
उनले यो अभियानलाई सफल बनाउन आफ्ना वा समुदायका बालबालिकालाई खोप केन्द्रमा पुराएर दादुरा र रुवेला बिरुद्धको खोप लगाउन अनुरोध गरे । गुल्मीमा ९ महिनादेखि ५ वर्ष मुनिका २७ हजार बालबालिकालाई खोप आचार्यले जानकारी दिए । गुल्मीका ९३ वटा वडामा ७ सय १६ वटा खोप केन्द्र छन् । विश्व स्वास्थ्य संगठनका प्रतिनिधी डाक्टर महेन्द्रसिंह थापाले अहिलेसम्म खोपकै कारण कुनै बालबालिकाको ज्यान जाने नभएकाले संयोगमा घट्ने घटनाहरुलाई गलत प्रचार नगर्न संचार माध्यमलाई आग्रह गरे ।
उनले खोपकै क्रममा आउने केहि अबाञ्छित घटनाहरुको बारेमा संचारकर्मीहरुलाई जानकारी गराएका थिए । जिल्ला स्तरिय खोप समन्वय समितिका संयोजक लक्ष्मण पराजुलीले यो अभियान महत्वपूर्ण भएकाले निकटदेखि विकटसम्म प्रचारप्रसारको खाँचो रहेको बताए । दादुरा रुवेला खोप अभियान राष्ट्रिय कार्यक्रम भएकाले सरकारी, गैरसरकारी संघ संस्था, विभिन्न समुह र सहकारीको माध्यमबाट प्रत्येक बालबालिकालाई खोप केन्द्रसम्म पु¥याउन पराजुलीले आग्रह गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend