साझा नेटवर्क
– चक्र चन्द,काठमाडौं ।
“चर्चित गायक तथा सर्जक गणेश अधिकारीको उत्कृष्ट लय तथा शब्द संयोजनमा “पासपोर्ट हरियो” सार्वजनिक भएको छ । वैदेशिक रोजगारीमा जाँदा लाखौं नेपाली युवाहरुको परिवारमा देखिंदै आएको दर्दनाक कारुणिक र पीडादायीक अवस्थालाई गित मार्फत प्रस्तुत गरिएको छ ।
नेपाली सामुदायको यथार्थ अवस्थालाई चित्रण गरिएको गीतमा सर्जक अधिकारीको लय,शब्द तथा उनको र अस्मिता बुढाथोकीको स्वर रहेको छ । स्मृति तिम्सिना “गुरुआमा”को निर्देशन रहेको गीतमा सारिका केसी र राजन वि.क को उत्कृष्ट अभिनय रहेको छ । कहिले समाजको कुरिती,कुसंस्कार,त कहिले वैदेशिक रोजगारको पिडा लगायत विविध समसामयीक विषयवस्तुमा आफ्ना रचनाहरु मार्फत कलम चलाउँदै आएका अधिकारी पछिल्लो चरण नेपाली लोक तथा दोहोरी क्षेत्रमा श्रोता र दर्शकको मन जित्दै अब्बल सावित हुदै आएका छन् ।
अडियो तथा भिडियो पुर्ण रुपमा सार्वजनिक नहुँदै देखि सामाजिक सञ्जालमा हिट भएको “पासपोर्ट हरियो” गित सधैंभरि दर्शक र श्रोताको मनमा सदाबहार बस्न सफल रहोस शुभकामना ।
भिडीयो-
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend