साझा नेटवर्क
– सजिना मोक्तान,जापान
म केही भन्छु !
सुन न च्याङवा
पूर्वी क्षितिजको गर्भाशयबाट
अभ्युदय हुने
त्यो रातो आभा नियालेर
दन्तेलहर हिमाल हेर्ने रहर छ
दृष्टि क्षितिजको आँखीझ्यालबाट
एकटक चिहाएर
वेवीलोनको शहर पुग्ने रहर छ।
तिमी त भन्थ्यौ नि च्याङवा
यो दुनियाँ भन्दा विल्कुलै फरक
मायाको एउटा गाउँ छ
मैले लेखेको मनको पत्रमा
स्वर्णिम तिम्रो नाउँ छ
त्यसैले,
ओइ च्याङवा !
वायुपंखी घोडा चढेर
मलाई तिमी संगसंगै
बादलुको झोक्का संगै ठोकिएर
चोमोलुङमाको शिखर चुम्ने
विछट्टै रहर छ !!
(च्याङवाको नाउँमा)
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend