logo
  • शनिबार, भाद्र २० २०८३

प्युठान सेवा समाज कतारले छैठौ साधारणसभा आयोजना गर्दै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार अविरल पन्थी, कतार माघ २३ ।
“प्युठान  सेवा समाजको एकता, मिलिजुली र सहकार्यको आवश्यकता” भन्ने मुल नारालाई आत्मसाथ गर्दै आएको प्युठान सेवा समाज कतारले यहीँ आउदो २१ फेब्रुअरी २०२० का दिन छैठौं साधारणसभा आयोजना गर्ने भएको छ ।

सस्थाको २५औ नियमित बैठक सम्पन्न भएसँगै पाचौ साधारणसभा सम्पन्न भएको २ वर्ष पुरा भएको छ । सोहि अवसरमा सस्थाले आगामी फेब्रुअरी २१ तारिकका दिन छैठौं साधारणसभा आयोजना गर्ने भएको हो ।

कतारमा रहनु भएका प्युठानिहरुले प्युठान सेवा समाज कतारको साधारणसभा सम्पन्न हुनू पुर्व आफ्ना सदस्यहरुलाई सदस्यता नवीकरण गर्न आह्वान गरेको छ । साथै कुनैपनि समयमा नया सदस्यता लिन एवम पुराना सदस्यहरुले आफ्नो सदस्यता नवीकरण गर्न सकिने समेत जानकारी दिइएको छ ।

रोजगारीका सिलसिलामा आफ्नो जन्मभूमि छोडेर कतारलाई कर्मभुमि बनाई श्रम गरिरहनु भएका सम्पूर्ण प्युठानिहरुलाई समाजसँग आवद्ध भइ सामाजिक कार्यमा सहयोग गर्नुहुन समाजका अध्यक्ष बलदेव रानाले आग्रह गरेका छन् ।

कार्यक्रम २१ फेब्रुअरी २०२० का दिन कतारको सनैया स्थित ह्वाइटहाउस रेस्टुरेन्टको सभाहलमा बिहानको ठिक १२ बजे देखि सुरु हुने सस्थाका महासचिव धर्मसिंह विश्वकर्माले साझा नेटवर्कलाई जानकारी दिए ।


थप जानकारीका लागि  यहाँ क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend