logo
  • शनिबार, कार्तिक २२ २०८३

खेल क्षेत्रमा लगानी बढाएका छौ : मन्त्री ज्ञवाली


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल,गुल्मी माघ २२ ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले खेल क्षेत्रमा सरकारले लगानी बढाएको बताएका छन् ।बुधबार जिल्ला खेलकुद विकास समिति गुल्मीको कवर्ड हलसहितको भवनको उद्घाटन गर्दै ज्ञवालीले खेल क्षेत्रमा देखिएको सफलतासंगै लगानी पनि बढाउँदै लगिएको बताए । उनले खेल मानव स्वास्थ्यसंगै राष्ट्रिय पहिचान, संस्कृती र अनुशासनको निम्ति भएको बताए । ‘जब खेलाडी राष्ट्रिय झण्डा छोपेर खेल मैदानमा परेड खेल्छन,’उनले भने,‘ सवै बिचार, बर्ग र समुदाय एकजुट बन्छौ ।’ मन्त्री ज्ञवालीले सरकारले खेललाई उच्च प्राथमिकता दिएपनि सोचे जति अझै गर्न नसकेको बताए ।

उनले प्रतिकुल अवस्थामा पनि १३ औ साग भव्यताका साथ सम्पन्न गरेकाले लगानी गर्न सके नेपाली खेलाडीहरुमा धेरै सम्भावना रहेको बताए । खेल क्षेत्रको विकासको लागि अहिले प्रदेश स्तरमा रंगशाला र ‘एक स्थानीय तह एक खेल मैदान’ अभियान संचालन भएको ज्ञवालीले बताए । युवा तथा खेलकुद मन्त्रालय अन्तरगत र रोष्ट्रिय खेलकुद परिषद्बाट बिनियोजन भएको ५० लाखको लागतमा नयाँ कर्वडहलसहितको भवन निर्माण गरिएको निर्माण समिति अध्यक्ष बालसिंह काउछाले बताए ।उनले सदरमुकामका बिद्यालय र क्याम्पस तथा बस्तीको हिसाबले पनि खेलकुदका अन्य संरचना आवश्यक भएकाले मन्त्री ज्ञवालीसंग थप बजेटको माग गरे । त्यस्तै खेलकुद विकास समिति गुल्मीका निर्वमान अध्यक्ष कृष्ण प्रसाद भण्डारीले गुल्मी जिल्लाबाट थुप्रै खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान बनाएको बताए । तर जिल्लामा बजेट र संरचनाको हिसाबले सोचे अनुसारको काम हुन नसकेको बताए । उनले अहिलेसम्म तीनबटै तहका सरकारसंग हातेमालो गरेर आफुहरु अगाडी बढेको बताए ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विकले तम्घासमा अहिले सम्पन्न भएको कर्वडहलसहितको भवन, रिडीमा निर्माण गरिएको कर्वड हल, मालिका माविको खेल मैदान, रुरुको भडकुवा क्रिकेट खेल मैदान र शहिद लखन थापा रङ्गशालाले गुल्मीको खेल क्षेत्रको विकासमा नयाँ उचाई थपेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend