logo
  • शनिबार, भाद्र २० २०८३

नेपाली नियोगका श्रम सहचारी ज्ञवालीलाई प्युठान सेवा समाजको बिदाई


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
प्यूठान सेवा समाज कतारले नेपाली राजदुतावासमा कार्यरत नेपाली नियोग श्रम सहचारी नरेन्द्र राज ज्ञवालीलाई सम्मानका साथ बिदाई कार्यक्रम गरेको छ ।ज्ञावाली झिमरुक गाउँ पालिका १ प्यूठानका हुन उनि नेपाल सरकारको तर्फबाट श्रमिक सहचारीको रूपमा लामो समयदेखि राजदुतावासमा कार्यरत हुनुहुन्थ्यो उहाँ आफ्नो कार्य अबधि सकेर अहिले नेपाल फर्कदै हुनुहुन्छ ।बलदेव रानाको अध्यक्षतामा सन्चालन महासचिव धर्म सिंह बिकले सहजीकरण गरेको उक्त कार्यक्रममा , प्रमुख अतिथि  संस्थाका सल्लाहकार कमल आचार्य बिशेष अतिथि सस्थाका सल्लाहकार गुमान सिंह बि क त्यसैगरी सस्था कार्यसमिति पदाधिकारीहरुको उपस्थिति रहेको प्यूठानी दाइभाइ दिदिबहिनीहरुको उपस्थिति रहेको थियो ।

शुभकामना क्रममा संस्थाका अध्यक्ष बलदेव रानाले आफ्नो कार्यकाल सफलतापुर्ण निर्वाह गरि नेपाल फर्किन लाग्नु भएकोमा हार्दिक धन्यवाद सहित कृतज्ञता प्रकट गर्नुका साथै आगामी दिनहरुमा अझै सफलता मिलोस भन्ने शुभकामना ब्यक्त गरेका थिए ।

ज्ञावालीले हामी जहाँ रहेतापनी त्यहाँ प्रचलित कानुनको पालन गर्दै आफ्नो दाहित्वलाई पूरा गर्नु पर्ने हाम्रो कर्तव्य रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend