logo
  • शुक्रबार, असोज ९ २०८३

रेमिट्यान्सले मात्रै देश चल्दैन : प्रदेशसभा सदस्य केसी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सागर भण्डारी, गुल्मी माघ १९ ।
प्रदेश नं ५ का प्रदेश सभा सदस्य खड्क केसीले विदेशबाट भित्रिएको रेमिट्यान्सले मात्र देश चलाउने नभई स्वदेशमै औद्योगिक क्रान्ति गरी आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको छ ।

गुल्मीको मुसिकोट नगरपालिकामा आयोजित प्रथम गुल्मी मुसिकोट पर्यटन साँस्कृतिक एवम् औद्योगिक महोत्सवलाई सम्बोधन गर्दै उहाँले विदेशबाट भित्रिएको रेमिट्यान्सले मात्रै देश चलाउने नभएर आर्थिक क्रान्ति गरी स्वदेशमै आत्मनिर्भर बन्न र देशलाई पनि आत्मनिर्भर बनाउनु पर्ने उहाँको धारणा थियो ।

विदेश काम गर्न भन्दा पनि सीप सिक्न जाने र त्यहाँ सिकेको जुनसुकै सीपलाई आफ्नै गाउँठाउँमा प्रयोग गर्न उहाँको आग्रह छ । अब कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरी प्रदेश सरकारले अगाडी सारेको खुसी नेपाली समृद्ध नेपाल नारालाई आत्मसाथ गर्दै स्थानीय सरकारका कार्यक्रममा सहभागी भई व्यवसाय प्रवद्र्धन गर्न उहाँले आग्रह पनि गर्नुभयो ।

सांसद केसीले मुसिकोट महोत्सवले यहाँको पर्यटन प्रवद्धन, स्थानीय कला संस्कृतिको संरक्षणमा टेवा पुर्याउने बारे आफु विस्वस्त रहेको बताउनुभयो । मुसिकोट नगरपालिका रहेका पुराना संस्कृति, टक काट्ने ठाउँ, होमस्टे र ऐतिहासिक धार्मिक स्थलको प्रचारप्रसार गर्दै बहुभाषिक, बहुसांस्कृतिक नगरपालिकाको पहिचान बोक्ने गरी प्रचार गर्न सकेमा पर्यटन आवागमनमा वृद्धि हुने उहाँको धारणा छ ।

फरकप्रसगंमा केसीले नेपाल एकात्मक शासन व्यवस्थाबाट सघिंय संरचनामा गए पश्चात यहाँ रहेका घरेलु ससाना उद्योगहरुको पुर्नस्थापना गरी ठुला उद्योगहरु सञ्चालन गरी आर्थिक विकासमा फड्को मार्ने समय रहेको बताउनुभयो ।

मुसिकोट नगरपालिका जिल्लामै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने नगर रहेको अवस्थामा यहाँ बसाईसराईँले गाउँनै रित्तो हुने अवस्था सिर्जना रहेकाले विकासका पूर्वाधारहरुको विकासले त्यो समस्या पनि अव विस्तारै हट्दै जाने विश्वास व्यक्त गर्दै विदेश घुम्न जाने हो भन्ने धारणाको विकास गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend