logo
  • शनिबार, साउन ३० २०८३

श्री कृष्णहरी सापकोटा आँखा उपचार केन्द्र अब्बल बन्दै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सागर भण्डारी, गुल्मी माघ १९।
नेपाल नेत्रज्योति सघं श्री कृष्णहरी सापकोटा आँखा उपचार केन्द्र मुसिकोट नगरपालिका ७ वामीटक्सार गुल्मी सेवा प्रवाहको हिसाबले अब्बल बन्दै गएको छ ।
केन्द्रले ६ महिनाको अवधीमा गरेका कार्यप्रगती र भावि योजनाको बारेमा जानकारी दिन शनिवार वामीमा आयोजित अर्धवार्षिकी समिक्षा कार्यक्रममा बोल्ने वक्ताहरुले कुनै बेला आँखाको उपचार गर्नका लागि कित सदरमुकाम कित बाग्लुङ्को गल्कोट जानुपर्ने बाध्यता हटेको बताउँदै केन्द्रले यस क्षेत्रका नागरिकहरुलाई सोँचेअनुरुप सेवा प्रवाह गर्न सकेको बताए ।

कार्यक्रममा नेपाल नेत्र ज्योति संघ जिल्ला सभापति शेरबहादुर के सीले संस्था नितान्त सामाजिक संस्था रहेकोले आँखा उपचारको क्षेत्रमा ८२ प्रतिशत कामहरु निःशुल्क र शसुल्क रुपमा गर्दै आएको बताउनुभयो । स्थानीय स्रोत साधनको परिचालन गरी सेवा प्रवाह गर्नका लागि स्थानीय सरकारले पनि विशेष ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

संस्थाले हरेक तीन महिनाको अवधीमा एउटा शिविर आयोजना गर्दै आईरहेको बताउँदै विभिन्न विद्यालयमा विद्यार्थीहरुको निशुल्क आँखा चेकजाँच तथा चस्मा वितरण गर्दै आईरहेको उहाँको भनाई छ । केन्द्रका वामी शाखा प्रमुख धिरज कुँवरले पुष मसान्त सम्म ४२ जना विरामी मोतियाबिन्दुको अप्रेशनका लागि सम्पर्कमा आएको र फाल्गुणमा उनीहरुको शल्यक्रियाको लागि प्रक्रिया अगाडी बढ्ने बताउनुभयो ।

साथै उहाँले यही माघ २१ गते सोमबार देखि मुसिकोट नगरपालिका भित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आँखा चेकजाँच र निशुल्क चस्मा वितरणको काम अगाडी बढ्ने जानकारी दिनुभयो । संस्थाले ६ महिनाको अवधिमा १ हजार २ बिरामीले सेवा लिएको पनि जानकारी गराउनुभयो ।

स्थानीय सरकारबाट पूर्ण सहयोग रहन्छ

कार्यक्रममा मुसिकोट नगरपालिका आर्थिक विकास सयोंजक प्रकाश काफ्लेले यस क्षेत्रमै पहिलो आँखा उपचार केन्द्रको रुपमा स्थापित संस्था नगरपालिकाकै मुटु भएको धारणा राख्नु भयो । उहाँले नगरपालिकाको तर्फबाट संस्थालाई हुने सहयोग रहँदै आएको बताउँदै कम्पाउण्ड घेराबार र संरक्षणका लागि यस आर्थिक वर्षमा ३ लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी गराउनुभएको थियो ।

साथै आगामी दिनबाट पनि यस्ता सहयोगहरु रहने भन्दै संस्थाबाट प्रदान हुने सेवा सुविधालाई अझै विस्तार गरेर यहाँका नागरिकलाई अझै सहजता थप्ने कुरामा केन्द्रीत रहन आग्रह गर्नुभएको थियो ।

करोडौं रुपियाँ खर्चेर एउटै व्यक्तिले बनाएको आँखा अस्पताल

मुसिकोट नगरपालिका वडा नं ७ निवासी कृष्णहरी सापकोटाले एक रोपनी क्षेत्रफल जमिन बाहेक १ करोड ७५ लाख रुपियाँ खर्चेर साढे दुईतले आँखा उपचार केन्द्रकोे भवन निर्माण गरिदिनुभएको हो । केन्द्र अहिले उहाँकै नामबाट कृष्णहरी सापकोटा आँखा उपचार केन्द्रको नामाकरण गरि सञ्चालनमा आएको छ ।

सुरुमा नेत्रज्योति संघ गुल्मीले वामीटक्सार बजारमा आँखा अस्पतालको प्रस्ताव गरेपछि सापकोटाले ६ वटा सडकहरु छोएको आफ्नै एक रोपनी क्षेत्रफल जमिन दिनुभएको थियो । पछि सरकारी रकम र दाताको पनि अभाव देखे पछि आफै आँखा अस्पतालको भवन निर्माण गरिदिनुभएको हो ।

यसअगाडी यस क्षेत्रका आँखाका विरामीहरु सदरमुकाम तम्घास वाग्लुङ्गको हटियामा उपचारका लागि जाने गर्दथे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend