साझा नेटवर्क
कमल पौडेल, गुल्मी माघ १९।
प्रथम गुल्मी मुसिकोट पर्यटन, साँस्कृतिक, औधोगिक एवं व्यापार महोत्सव २०७६ को चौथो दिन मञ्जु पौडेल, राधिका हमाल, रामचन्द्र चन्द लगाएतका कलाकारले आफ्नो प्रस्तुती राख्नुभएको छ भने गल्कोट नगरपालिकाका प्रमखु भरत शर्मा गैरेले सम्बोधन गर्नुभएको छ।
१२ दिन लामो महोत्सवमा हरेक दिन भिन्न कलाकार र भिन्न अतिथिहरुको सहभागिता रहँदै आएको छ। विहिवार र शुक्रवार कम दर्शकको उपस्थितिले समिक्षामा पुगेको आयोजक शनिवार दर्शकको भब्य उपस्थितीले उत्साहित बनेको छ। स्थानिय उत्पादनलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको आयोजकको लागी स्थानिय मह, जाम, कफि, लगाएत विभिन्न प्रजातिका तरकारीहरुको स्टल र त्यसमा भएको सहभागिता, सेरामिक्सको स्टल, बुर्तिवाङको प्रशिद्ध खुकुरी लगाएतले उत्साहित बनाएको छ।
तर बजारमा पाइने सामानका स्टलमा स्थानिय भन्दा वाहिरि व्यापारीको बाहुल्यताले स्थानिय व्यापारीको व्यापारमा धक्का लाग्ने उनिहरुको गुनासो छ। स्थानिय खाना र बसाइको लागी होमस्टे प्रवद्र्धन गर्ने जनाएको आयोजकलाई आधुनिक खानाहरु नै बाधक बनेको छ। महोत्सवमा रहेका स्टलहरुले बजारमा चलेका परिकारलाई नै प्राथमिकता दिएका छन्। झुला, पिङ को आकर्षणले स्थानियलाई मोहित बनाएको नै छ त्यस्तै अबैध मानिने जुवा वर्गका खेलहरु पनि प्रहरीको आँखा छल्दै महोत्सव स्थलकै नजिकै चलिरहेका छन्। सनिवारबाट सुरु भएको मुसिकोट नगरपालिका भित्रको अन्तर विद्यालय कपर्दि प्रतियोगीताले खेल प्रेमीलाई आकर्षित गरेको देखियो।
यस क्षेत्रमै प्रख्यात, खुल्ला भलिबल प्रतियोगीता २२ गतेवाट सुरु हुने आयोजकले जनाएको छ। यस क्षेत्रकै अधिक पुरस्कार राशि भलिवल प्रतियोगीता निकै रोचक हुने अनुमान गरिएको छ। आइतवार पुराना गुल्मेली गाएक बोम बहादुर कार्कि सहित प्रिति आले लगाएतका कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ। उद्घाटन समारोहमा मुसिकोटकै प्रतिनिधित्व हुने गरि झाँकी, विविध संस्कृतिहरु प्रदर्शन भएका थिए जसले साँस्कृति प्रवद्र्धनमा निकै सहयोग पुगेको देखिन्छ तर संस्कृति झल्कीने कुनै स्टल महोत्सवमा देखिएन भने सवै वडाको नभए वामीको मात्रै महोत्सव भयो भन्ने गुनासो पनि सुनियो।
शैक्षिक प्रदर्शनीले विद्यार्थीको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण सहयोग पुगेको देखियो तर महेन्द्र आदर्श मावि महोत्सव भर बन्द भएको भन्ने समाचार बाहिरिए संगै आयोजकलाई केहि टाउको दुखेको छ। किनकी पक्षको सल्लाहमा विद्यालय बन्द गरिएपनि त्यसको अपजस लिन सवैलाई गाह्रो भएको देखियो।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend