logo
  • शुक्रबार, असोज ९ २०८३

नेविसंघका संस्थापक सदस्य अर्यालको निधन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,गुल्मी माघ १८ ।

नेपाली कांग्रेसको भातृ सङगठन नेपाल विद्यार्थी संघका संस्थापक सदस्य प्रेमनाथ अर्यालको निधन भएको छ । शुक्रवार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ७५ बर्षको उमेरमा अर्यालको निधन भएको गुल्मी कांग्रेसले जानकारी दिएको छ । लामो समय देखी सुगर र नीमोनिया बाट ग्रसित अर्यालको उपचारको क्रममा निधन भएको हो ।

अर्यालको निधन प्रती गुल्मी कांग्रेसले दुःख व्यक्त गरेको छ । अर्यालको निधनले नेपाली कांग्रेसलाई मात्र नभई सिगों प्रजातन्त्रमै धक्का लागेको कांग्रेसले दावी गरेको छ । नेपाली कांग्रेसका सचिव खिलध्वज पन्थीले कांग्रेसले एक अभिभावक गुमाएको बताए छन् । शनिवार साझा नेटवर्क संग कुरा गर्दै पन्थीले भने “अर्यालको निधनले कांग्रेस पाटी लाई ठुलो क्षेती पुराएको छ । र गुल्मी कांग्रेस अभिभाक विहिन जस्तै बनेको छ “।

अर्यालको आजै पशुपती आर्यघाटमा अन्त्येष्टी गरिने नेपाली कांग्रेसले जानकारी दिएको छ । गुल्मी जिल्ला घर भइ काग्रेसको राजनीतिमा जीवन पर्यन्त सक्रिय रहेका अर्यालको ६ छोरा ,२ छोरी र श्रीमती रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend