logo
  • शनिबार, भाद्र २० २०८३

मोना कतार द्वारा गोकुल विकलाई बिदाई गर्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार।
बिगत लामो समय कतारलाई कर्मथलो बनाएका मोना कतारका कार्यसमितिका सह कोषाध्यक्ष गोकुल विकलाई  बिदाई गरेको छ।
विकलाई हिजो सॉझ संस्थाका अध्यक्ष तिलु शर्मा पौडेलको सभापतित्व तथा म्याग्दि प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितीका महासचिव बिक्रम कार्किको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी संस्थागत बिदाई गरीएको हो।
कार्यक्रममा मोना आइईसिका सचिव तथा मोना कतारका प्रमुख सल्लाहकार रमेश पौडेल तथा सल्लाहकार शिव चोखाल बिशेष अतिथी रहेका थिए । संस्थाका उपाध्यक्ष नरेन्द्र फगामिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका सल्लाहकार शिव चोखाल, मोना आइईसिका सचिव तथा मोना कतारका प्रमुख सल्लाहकार रमेश पौडेलले शुभकामना मन्तव्य राख्का थिए ।
बिकलाई कदर पत्र तथा दसल्ला ओढाएर सम्मान तथा बिदाई गरीएको थियो । सम्मान ग्रहण पछि बोल्दै विकले जहॉ रहे पनी मोना कतार संग सामिप्यतामा रहन आफुले आजिवन सदस्यता ग्रहण गरेको स्मरण गर्दै सामाजिक कार्यमा सरीक हुने प्रतिबद्दता जाहेर गरे। कतार बसाईलाई बिट मार्दै स्वदेश प्रस्थान गर्न लागेका विकको उज्जवल भविष्यको कामना गर्दै प्रमुख अतिथी कार्किले परेदेशबाट स्वदेश जानु आकासको चरी सरह स्वतन्त्र हुनु बताए ।

जागिरले मानिसलाई बन्धनमा राखेको कार्किको भनाई थियो। संस्थाका सचिव देवि कंडेलले संञ्चालन गरेको कार्यक्रमको समापन गर्दै सभापति शर्माले विकलाई स्वदेशमै केही गर्ने तर्फ लाग्न सुझाव दिदै सालिन र भद्र मानिसलाई कतारबाट गुमाउदा पिडा बोध भए पनी स्वदेश फिर्ति सम्झिदा खुसि लागेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend