logo
  • शनिबार, कार्तिक २२ २०८३

मुसिकोट महोत्सवकै लागि बिद्यालय बन्द ९ सय बिद्यार्थीको पढाई प्रभावित


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल, गुल्मी माघ १७ ।
माघ र फागुन शैक्षिक सत्रको हिसाबले महत्वपूर्ण समय हो । बार्षिक परिक्षा नजिक भएकाले बिद्यार्थीले अरु बेलाभन्दा अझै बढि पढ्न पाउनुपथ्र्यो । यो समयमा पनि मुसिकोट नगरपालिका ७ वामीको महेन्द्र आर्दश मावि एक हप्ताका लागि बन्द छ ।

त्यो पनि महोत्सवको लागि । महोत्सव मुसिकोटको उत्सवनै हो । यो बिषयमा दुई मत छैन् । बोल्ने र लेख्ने बिटुलो बन्नेनै हो । तर नौ सय बिद्यार्थीको पढाई प्रभावित भएको बिषय गुमनाम बन्नु हुँदैन् । सर्वपक्षिय, सर्वदलिय वा अन्य निर्णय किन नहोस् । हप्ता दिन बिद्यालय बन्द गर्ने निर्णय बिद्यार्थीहरुको हित बिपरित छ । महेन्द्र आर्दश मावि मुसिकोट नगरकै सवैभन्दा ठुलो र महत्वपूर्ण शिक्षालय हो ।

बिद्यालयकै नजिकै गत १५ माघदेखि प्रथम गुल्मी मुसिकोट पर्यटन, साँस्कृतिक, औद्योगिक तथा व्यापार महोत्सव संचालन भएको छ । बिद्यालयका प्रध्यानाध्यापक बुद्धि प्रसाद सापकोटा आफु बन्द गर्ने पक्षमा नभएपनि चौतर्फी दबाव सृजना भएपछि यो निर्णय गरेको बताउँछन् ।

बिद्यालय व्यावस्थापन समिति अध्यक्ष तथा वडाध्यक्ष प्रकाश काफ्ले बिद्यालय र महोत्सव दुवै समुदायका भएकोले बन्द गर्न बाध्य परिएको प्रतिक्रिया दिन्छन् । आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष सुर्दशन शाक्यको पनि अरुकोभन्दा फरक मत छैन् । सर्वपक्षिय निर्णयले बिद्यालय बन्द गरेको तर्क प्रस्तुत गर्छन् । नौ सय बिद्यार्थीको पढाई प्रभावित हुने बिषयमा कसले चिन्ता गर्ने ?

महोत्सवकै लागि महेन्द्र आर्दश माविको भन्दा अरु बिकल्प खोज्न कसैले सकेनन् । बिद्यालयको नजिकै महोत्सव स्थल छनौट गर्ने निर्णय पुर्नबिचार गर्न नसक्नुनै गल्ती हो । महेन्द्र आर्दश माविमा यो बर्षबाटै प्राविधिक शिक्षा सुरु भएको छ । महोत्सवकै कारण ४२ जना सिभिल इन्जिनियरिङ्गका सहित नौ सय बिद्यार्थीको पढाई प्रभावित भएको छ ।

केहि बिद्यार्थीहरुलाई बिदा ठिकै पनि लाग्यो होला । अधिकांश शिक्षकहरुको पनि तनाव कम त पक्कै भयो । रंग र रसमै जिम्मेवार मस्त छन् । बिद्यार्थीको पढन पाउने अधिकार कुण्ठित भएको कसैलाई पत्तोनै छैन् । बजारका बाहेक अरु अभिभावकलाई बिद्यालय बन्दको बिषय मन नपरे पनि बोल्दा महोत्सव बिरोधी भइने डर छ ।

पत्रकारले पनि यो बिषय नउठाएर महोत्सकै प्रचार गरेकै भएपनि नहुने केहि थिएन् । तर कलम आवाज बिहिनहरुको आवाजकै लागि हो । केहिले महोत्सवै लागि माघ १५ गते सार्वजनिक बिदा दिने निर्णयलाई समेत गलत भनेर सामाजिक संजालमा टिकाटिप्पणी नगरेका होइनन् । तर मेयर सोमनाथ सापकोटा आफुहरुले पहिलो पटक आफ्नो बिदा दिने अधिकार मुसिकोटकै महोत्सव भएकाले प्रयोग गरेको बताउँछन् ।

महोत्सव मुसिकोटकै हितमा छ । बिद्यालय पनि मुसिकोटकै हो । दुवै समुदायसंग जोडिएकै बिषय हुन । तर शान्तिपूर्ण र स्वतन्त्र रुपमा बिद्यार्थीहरुको पढन पाउने अधिकार कुनै बहानामा बन्द गरिनु हुँदैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend