साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं माघ १७।
काठमाडौंको ताहाचलमा सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको शुभारम्भ गरिएको छ। सञ्चारकर्मी, कलाकार, निर्देशक तथा इभेन्ट अर्गनाइजर सूर्य चन्दको प्रमुख आतिथ्यतामा बिहिबार अत्याधुनिक तथा सम्पूर्ण सेवा सुबिधा सम्पन्न यो पार्लरको शुभारम्भ गरिएको हो।
यस पार्लरमा अनुभबी सौन्दर्यबिदद्वारा सेवा सुविधा उपलब्ध गराइने सञ्चालकद्वय दीपक खड्का र धिरज राईले जानकारी गराए । उक्त क्षेत्रको एक मात्र अत्याधुनिक पार्लर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य रहेको छ । अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको सलोन जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवाग्राहीले सेवा लिन पाउनेछन् । महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस सलोन सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको दोश्रो शाखा हो । शुभारम्भमा प्रमुख अथिति सूर्य चन्द र अतिथि इन्द्र महतले बधाई तथा शुभकामाना दिएका थिए ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend