logo
  • शनिबार, साउन ३० २०८३

१४ औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस प्युठानमा मनाईयो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

????????????????????????????????????

साझा नेटवर्क,प्युठान माघ १५ ।

१४ औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस प्युठानमा पनि मनाईएको छ । बुधवार नेपाल स्वयंसेवी रक्तदाता समाज प्युठान शाखाले प्युठान नगरपालिका–३ जुम्री बसपार्कमा एक औपचारिक कार्यक्रम गरि दिवस मनाएको हो ।शाखाका अध्यक्ष उमाराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपति प्रमुख अतिथी रहनुभएको थियो । ०७३ सालमा प्युठानमा स्थापना गरिएको रक्तदाता समाजले जिल्ला अस्पतालमा आएका बिरामीहरुलाई आवश्यक परेका समयमा रगत प्रदान गर्दै आएको छ ।

रेडक्रस शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रले मात्रै रगत पु¥याउन नसकेपछि जिल्लामा शाखा बिस्तार गरि रगत दिने काममा सक्रिय भएको शाखा अध्यक्ष उमाराम पौडलले बताए । जिल्लामा रक्तदाताको संख्यामा समेत बृद्धि भएको उनको भनाई छ । हाँल शाखामा एक सय ७० जना सदस्य आवद्ध रहेका छन् । पौडेलका अनुसार स्वयंसेवी रक्तदाता समुह मार्फत नेपालका जुनसुकै स्थानमा रहेका बिरामीलाई रगत दिन सकिने छ ।

शाखामा आवद्ध रहि रक्तदान गर्ने १२ जनालाई दिवसको अवसरमा सम्मानित गरिएको छ । शाखामा आवद्ध मनु लामा, प्रह्रलादभक्त श्रेष्ठ, सुजता थापा,बालकुमार पुलामी, राधा अधिकारी, सजय सुवेदी लगाएत १२ जनालाई सम्मानित गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख अर्जुनकुमार कक्षपतिले रगत दान गरेर बिरामीको सेवा गर्नु सबैको कर्तव्य भएको बताए ।

पहिलेका समयमा रगत दिनका लागि स्वर्स लगाउनुपथ्यो, कक्षपतिले भने,–‘अहिले त्यस्तो हराएको छ ।’ तीन महिनामा स्वर्तस्फूर्त रुपमा रगत खेर जाने रगतलाई दान गर्नका लागि कन्जुसाई नगर्न उनले आग्रह गरे । साथै शाखाले जनचेतना फैलाएर सदस्यहरु बढाउन समेत बताए।

जिल्ला अस्पतालका बिरामीका लागि आवश्यक रगत पु¥याउनका लागि रक्तसञ्चार केन्द्रलाई जिल्लाका नौ वटै स्थानिय तहले समेत सहयोग गरेको नगरप्रमुख कक्षपतिले बताए । कार्यक्रममा नागरिक सरोकार समाज प्युठानका संयोजक सुमन सुवेदी, शाखा सदस्यहरु लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend