logo
  • शनिबार, साउन ३० २०८३

चोक-चोकमा सुन्तला बेच्दै रेसुङ्गा नगरपालिका


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अजय जेम्स, गुल्मी माघ १४ ।
गुल्मीमा लामो समयदेखि बन्द हाटबजार पुनः सञ्चालनमा आएपछि कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री बितरण गर्नका सजिलो हुदै आएको छ । यस्तै सोमबार रेसुङ्गा नगरपालिकाले तम्घासका विभिन्न चोकमा पुगेर सुन्तला बिक्री गरेको छ ।

स्थानिय कृषकहरुले उत्पादन गरेका बस्तुहरुलाई सहज र सुपथ मुल्य मा पाइन्छ भन्ने प्रचार प्रसार गर्नका लागि केहि समयको लागी तम्घास का केहि ठाउँहरुमा सुन्तला बिक्री गर्न लागिएको हाटबजार व्यावस्थापक दामोदर पोख्रेलले बताउनुभयो ।

हाटबजारमा खद्रा तथा सुपथमुल्यमा थोकमा पनि पाईन्छ भन्नेकुरा तम्घास भन्दा बाहिर बाट आउने उपभोक्तालाई जानाकारी नभएको हुनसक्ने भएकाले सोहि जानाकारीको लागी बजारका चोक चोकमा गएर सुन्तला बिक्री गर्न लागिएको पोख्रेलले बताउनुुभयो ।

उक्त हाट–बजारमा लोकल कुखरा, अण्डा र कोदो बढीमात्रामा खरिदबिक्री हुने गरेको छ । सानो टमाटर, चुक, अमिलो, गुन्द्रुक, अचारदेखि लोपोन्मुख फापर, गहतको दाल, सिमी दाल, झिलिङ्गे (सिल्थुङ्ग) मासको दाल, भटमास, हरियो साग, सिमी लगायतका कृषि उपज कृषकले बेच्ने र उपभोक्ताले खरिद गर्छन् ।

जसबाट कृषकका हरेक उत्पादनले उचित बजार पाएको छ भने बिचौलिया बाट कृषक ठगिने क्रम अन्त्य भएको छ । दुई महिना अघिसम्म ८ सय रुपैयाँ प्रतिकिलो पाईने लोकल कुखरा अहिले त्यस हाट बजारमा ६ सय ५० रुपैयाँमा खरिद गर्न पाईन्छ । कृषकहरुले सिधै प्रतिकिलो ६ सय रुपैयाँमा लोकल कुखरा बेच्न पाएका छन् ।

अहिले रेसुङ्गा नगरपालिकाले गुल्मी जिल्लाका अन्य स्थानिय तहबाट समेत कृषि उपज खरिद गरी हाटबजार मार्फत बिक्री बितरण गरेको छ । साथै रेसुङ्गा नगरपालिका भित्र केहि स्थानिय उत्पादन भए हाटबजारमा सम्पर्क गर्नको लागी हाटबजार ब्यावस्थापक दामोदर पोखरेल पोख्रेलले आग्रह गर्नुभयो ।

कृषकहरुले उत्पादन गरेको कृषि उपज बिक्रीे गर्नको लागी डोकामा बोकेर बजार बजार धाउन नपर्ने र उक्त उत्पादित वस्तुहरु खरिद गर्न कृषककै घरमा प्रत्येक हप्तामा ६ दिन गाडि आउने भएकोले कृषकहरु डोको बोकेर बजारमा आउने समय आफ्नै बारीमा उत्पादनमा लगाएर बढी फाईदा लिन सम्पुर्ण कृषकहरुलाई आग्रह समेत गर्नुभयो ।

त्यस्तै किसानका उत्पादित बस्तुहरु बिक्री भएनन् भनेर बस्नु नपर्ने र जति किसानले उत्पादन गर्छ त्यो सबै नगरपालिकाले खरिद गर्ने र कृर्षिजन्य वस्तुहरुमा घाटा भएपनि नाफा भएपनि कृर्षकहरुले व्यहोर्नु नर्पने सबै नगरपालिकाले व्यहोने भएकोले कृर्षकहरुलाई ढुक्कसाथ आफ्नो उत्पादन बढाउदै लैजान रेसुङ्गा नगरपालिका वडा नं ७ का वडाध्यक्ष मोहन प्रसाद पाण्डेले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend