logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाल कम्यूनिष्ट पार्टी नेकपा मुसिकोट नगरकमिटीको बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सागर भण्डारी, गुल्मी माघ १३।
नेपाल कम्यूनिष्ट पार्टी नेकपा मुसिकोट नगरपालिका नगरकमिटीको बैठक सम्पन्न भएको छ ।

यही माघ १५ देखि २६ गतेसम्म हुन लागेको प्रथम गुल्मी मुसिकोट, पर्यटन साँस्कृतिक,औद्योगिक एवम् व्यापार महोत्सवलाई लक्षित गरि सम्पन्न गरिएको बैठकमा महोत्सव सफल बनाउनका लागि नगरकमिटी अन्तर्गतका ९ वटै वडाका कमीटिहरुलाई आह्वान गर्ने निर्णय गरेको छ ।

बैठकमा महोत्सव सफल बनाउन पार्टीका सम्पूर्ण सगंठनहरुलाई आह्वान गर्ने निर्णय भएको छ । भने अन्य आन्तरिक निर्णय भएको बताईएको छ । नेपाल कम्यूनिष्ट पार्टी नेकपा नगरकमिटी अध्यक्ष खुम बहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा नगर ईन्चार्ज जीवन खरेलको विशेष उपस्थिति रहेको थियो ।

बैठकको सञ्चालन नेपाल कम्यूनिष्ट पार्टी नेकपा मुसिकोट नगरकमिटी सचिव अग्नीधर लोहोनीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend