साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी माघ १३ ।
एनएमबी बैंक लिमिटेड तम्घास शाखाले दुर्घटना मृत्यु दाबी बापत १ लाख ३३ हजार १ सय ४० रुपैयाँ रकम भुक्तानी गरेको छ ।
दुर्घटनामा मृत्यु भएका अर्घाखाँची छत्रदेब गाउँपालिका ७ का हरि प्रसाद पान्डेयको परिवारलाई रकम हस्तान्तरण गरेको हो । पान्डेयको तम्घास बुटवल सडक खण्ड अन्तरगत गुल्मी दरवार गाउँपालिकाको गैंडाकोटमा भएको दुर्घटनामा मृत्यु भएको थियो ।
बैंकका ५ नं प्रदेश म्यानेजर दिबिर बिक्रम शाह र शाखा प्रमुख प्रबिन अधिकारीले मृतक पान्डेयकी श्रीमती रोमा पान्डेलाई दुर्घटना बिमा बापतको रकम भुक्तानी गरेका थिए । मृतकले एनएमबि बैंकमा तलब खाता सन्चालन गरे बापत सो रकम बैंकले रकम उपलब्ध गराएको हो ।
बैंकमा कर्मचारी हरुको लागि निशुल्क तलब खाता संचालन गर्न सकिने र सो खाता संचालन गरे बापत बैंकले ७ लाख सम्मको नि शुल्क दुर्घटना बिमा गरि दिने बैंकका तम्घास शाखा प्रबन्धक प्रबिन अधिकारीले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend