logo
  • शुक्रबार, असोज ९ २०८३

प्रदेशबाट प्रधानमन्त्रीलाई पत्र


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

-नविन न्यौपाने, दुबई।
सम्माननिय प्रधानमन्त्री ज्यु एमसीसी जुनसुकै पार्टीको सरकारमा सम्झौता भएको होस तर अहिले तपाईं जस्तो एउटा् महान शक्ति साली नेता नेपाली जनताले र नेपाल आमाले आशा गरेको नेता प्रधानमन्त्री हुनुहुन्छ ।

एमसीसी सम्झौतालाइ तपाईंले चाहाने हो भने सजिलैसँग खारेज गर्न सक्नु हुन्छ । यदि देश विकाशको लागी सयोगको नै कमि परेको हो भने म जस्ता लाखौं युवा प्रदेशमा छन, साच्चिकै देशको नै विकाशको लागि सहयोग कै कमि परेको हो भने प्रतेक युवाले आफ्नो परिवारलाई दुई छाक खाने ठाउँमा एक छाक मात्रै खानु भनेर सहयोग गर्न तयार छन ।

प्रदेशबाट तुरुन्तै घरमा फोन गरेर हरेक युवाले आफ्नो एक दुई महिना रगत र पसिना बगाएको एकएक दिन एकएक घन्टा गनेर तीसदिन पूरा गरेर मेहनत बढी तलब कम बुझेको आफ्नो तलब देशको लागि सयोग गर्न तयार छन ।

म जस्ता युवाहरुले कर्म थलो बनाएर बसेको देशको विकाश देख्दा मेरो जन्म देश कहिले यसैगरी विकाश होला भनेर आखाबाट प्रतेक दिन आसु खसाल्न बाध्य छन प्रधानमन्त्री ज्यु । ज्यान प्रदेशमा भएपनि ध्यान प्रतेक युवाको मन आफ्नै देशमा हुने गर्दछ ।

प्रधानमन्त्री ज्यु एमसीसी जस्ता सम्झौता गरेर नेपाली जनता खुशी हुने छैनन् । हाम्रा पू्र्खाले पानी पनि नखाइ जोगाएको यो देशका हामी नेपाली नागरिकले विदेशीको गोलि छातिमा खाएर ढल्न चाहान्नौ ।

हामी लगायत हाम्रा सन्तानले हाम्रै स्वर्ग भन्दा पनि प्यारो प्राकृतिले भरिपूर्ण सानो चिटिक्क परेको देश नेपालको कुना-कुनाको मुलबाट निस्केको चिसो पानी खाएर प्राण त्याग्न पाउ । प्रधानमन्त्री ज्यु !

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend