logo
  • शनिबार, भाद्र २० २०८३

सन्ध्याग्रुप मुग्लानी सैगातद्वारा लेकाली सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दोहा ।
सन २००२ मा कतारमा स्थापित सामाजिक संस्था सन्ध्याग्रुप( मुग्लानी सौगात)ले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीलाई सम्मान गरेको छ।

सन्ध्या ग्रुप कतारका कावा अध्यक्ष गणेश क्षेत्रीको सभापतित्व तथा अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम गुप्ता ” लेकाली”को प्रमुख आतिथ्यमा “भेटघाट तथा सम्मान कार्यक्रम “को आयोजना गरि अध्यक्ष लेकालीले नेपाली भाषा र साहित्यका लागि पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान पत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको हो।

बिशेष अतिथिका रुपमा उपस्थित सस्थाका प्रमुख सल्लाहकार प्रेम प्रसाद भट्टराई, सल्लाहकार राम प्रसाद पराजुली, अनेसास कतारका अध्यक्ष सिताराम थापा, नबोदित साहित्य वाचनालय कतारका उपाध्यक्ष चक्र कार्की, अनेसास पुर्ब अध्यक्ष तथा रेगिस्तानी कवि तिर्थ सङ्गम राई, एन आर एन ए(आई सी सी) कतारका पुर्ब उपाध्यक्ष तेज कटुवाल लगाएतले आफ्नो सुभकामना सहित आफ्ना रचनाहरु वाचन गरेका थिए।त्यसैगरी अतिथिहरुमा सस्थाका सल्लाहकार रामजी अधिकारी,समाजसेवी सुदिप पान्डे लगाएत साहित्य अनुरागिको उपस्थितिमा अर्जुन पौडेल ,राम आचार्य ” सायर”ले रचना वाचन गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथी राधेश्याम लेकालीले चारदिने कतार बसाई अत्यन्तै सुखद रहेको तथा नेपाली भाषा साहित्य प्रती माया गर्ने साहित्यप्रेमी ब्यक्तिहरुको मायाले आफू हर्षित रहेको बताए।सन्ध्याग्रुप मुग्लानी सौगात मार्फत बिदेशमा मात्र नभई नेपालमा पनि कार्यक्रम गर्नुपर्ने सुझाब दिदै उक्त कार्यक्रमका लागि गर्नुपर्ने सहयोगको लागि आफू तत्पर रहेको बताए।

मुग्लानी सौगातद्वारा गरिएको यो सम्मान मार्फत आफूमा अझै जिम्मेवारी बढेको बताएका थिए । कार्यक्रमको अन्त्यमा सभापती गणेश क्षेत्रीले अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली जस्ता गरिमामय पदका ब्यक्तित्वलाई सम्मान गर्न पाउँदा गर्बले सानो छाती पनि ठूलो भएको बताएका थिए।

समग्रमा आजको कार्यक्रम सभ्य भब्य बनाउनमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै अनेसास अध्यक्ष राधेश्याम लेकालीको सुखद यात्राको शुभकामना सहित कार्यक्रम समापन भएको घोषणा गरेका थिए।कार्यक्रममा स्वागत मन्तब्य सस्थाका सह सचिब अर्जुन पौडेल तथा सहजीकरण महासचिब सन्तोष केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend