logo
  • शनिबार, भाद्र २० २०८३

ल्होछार मनाउन प्रथम नेपाल आइडल बुद्ध लामा सहितका चर्चित कलाकार कतार आउदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
मञ्जुश्री सम्वत २८५६ सोनाम ल्होछार जीवा ल्हो (मुसा वर्ग)को उपलक्ष्यमा आउदो शुक्रबार यहाँ हुने बृहत सास्कृतिक कार्यक्रमको लागि मिनि नेपाल भनेर चिनिने कतारमा प्रथम नेपाल आइडल बुद्ध लामा सहितका थप तीन चर्चित कलाकार कतार आउदै छन ।

नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा हुने बृहत सोनाम ल्होछार सास्कृतिक कार्यक्रम लाई भब्य बनाउन बुद्ध लामाको साथमा अन्य ३ जना आमन्त्रित कलाकारहरु तामाङ कलाकार संघका अध्यक्ष गायक तथा संगीतकार सञ्जीव वाइबा,सेलो गायिका अञ्जु थोकर र म्हेन्दोमाया गायक राम गोम्जा रहेका छ्न ।

सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमको प्रचार प्रसार सामाजिक सन्जाल लगायत कतारका विभिन्न एरियामा भौतिक रुपमै उपस्थित जनाएर तिब्र पारिएको समाजका अध्यक्ष धिरेन तामाङले बताए । प्रत्येक वर्ष बृहत रुपमा ल्होछार कार्यक्रम गर्दै आएको समाज कतारले यसपटक पनि दोहाको मिसाइदस्थित अम्वाज क्याम्प –२ मा बृहत तरिकाले कार्यक्रम गर्न लागेको छ ।

यस्को लागि तयारी लगभग अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक गौतम तामाङले जनाए । त्येस्तै दोहाका बिभिन ठाउँबाट कार्यक्रममा आउन जानको लागि पनि यातायातको ब्यावस्था पनि रहेको यातायात संयोजक पासाङ मोक्तान तामाङले बताए ।

तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मुल नाराका साथ सन २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले हरेक क्षेत्रमा सक्रियता पुर्वक आर्थिक नैतिक सङै भैतिक रुपले अगाडी बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend