साझा नेटवर्क
विवेक पुलामि मगर, दोहा ।
नेपाल मगर संघ, शाखा कतारले मिति २०२० जनवरी १७ तारीख शुक्रबारको दिन मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक चाडको अवसर पारेर संघका अध्यक्ष बिजय कुमार मगरको सभापतित्वमा, नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय समितिका प्रमुख सल्लाहकार शेर बहादुर रोका मगरको प्रमुख आतिथ्यमा अम्बज क्याम्प -२ मिसाइदमा लगभग ११५० जनमानसको बिशाल उपस्तिथिमा “नेपाली कला तथा साँस्कृती लाई संरक्षण र सम्बर्द्धन गरौं ।

मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी (सार ल्हेस )–२०७६ लाई भब्यताका साथ सफल पारौं ।। (नेपालीकुङ रोस रेवसके जिवाकिङ ड फोसाकिङ । मगरकुङ (बाङ्छ) मोहरेवेश “माघ्या सकराटी (सार ल्हेस) -२०७६“ के मज्जुङ्खाटा सेव खासिङ) नाराका साथमा माघ्या सकराटी (सार ल्हेस) –२०७६ तथा बनभोज कार्यक्रमको साथमा विविध साँस्कृतिक कार्यक्रम–२०२० सम्पन्न गरेको छ।

कार्यक्रममा बिशिस्ट अतिथिहरुमा नेपाल मगर संघ, शाखा कतारका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार ,भिम तरामु मगर,नेपाल बाट कार्यक्रमका लागि कतार आउनु भएका कालाकारहरु लोक दोहोरी गायिका निर्मला थापा मगर र मोडेल तथा डान्सर अस्मिता राना मगर, एन आर एन ए ( आइ सि सि) कतारका सदस्यहरु होम नाथ शर्मा, केवि हमाल, एन आर एन ए ( एन सि सि ) कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङ र बैचारिक संघ संस्थाहरु रहेका थिए , अतिथिहरुमा नेपाल मगर संघ,शाखा कतारका सल्लाहकारहरु, विभिन्न धार्मिक तथा जातिय संघ संस्थाहरु,प्रदेश जिल्ला संस्थाहरु, कला तथा साहित्य संस्थाहरु, समाजसेवी, बुद्धिजीवी तथा ब्यबसायीहरु, पत्रकारहरु, मगर संघ कतार मातहतमा रहेका बिभाग र एरिया समितीहरु, मार्नथ सदस्य टेक रसाइली रहेका थिए ।

कार्यक्रममा मगर रित अनुसार पृतृको पुजा गरेर तरुलको टीका लगाएर सभापति, विशेष उपस्थिती बाङ , प्रमुख अतिथि, बिशेश अतिथिहरु, र अतिथिहरु बाट दिप बालेर कार्यक्रम सुरु गरिएको थियोे। कार्यक्रममा राष्ट्रिय गान, मगर गान र प्रथम सहिद क्याप्टेन लखन थापा मगर र अन्य ज्ञात अज्ञात सहिद प्रति सम्मान गर्दै एक मिनेट मौनधारणा गरिएको थियो।

कार्यक्रममा उपस्थित सम्पुर्णलाई संघका दृतृय उपाध्यक्ष केशव घर्ती मगरले स्वागत मन्तव्य द्वारा स्वागत गरेका थिए। कार्यक्रम बारेमा कार्यक्रम संयोजक तथा संघका सचिव लोक बहादुर सिन्जालि मगरले जानकारी गराउनु भएको थियोे। औपचारिक कार्यक्रम मगर संघ कतारका महासचिव विवेक पुलामी मगरले संचालन गरेका थिए।

कार्यक्रममा शुभकामना मन्तव्यहरु कतारमा रहेको सम्पुर्ण जिल्लावासी संस्थाहरुबाट गोरखा सेवा समाजका कावा अध्यक्ष रामजी खत्री, प्रदेशहरुबाट गण्डकी प्रदेश उपाध्यक्ष बिकास भुजेल, जनसन्पर्क समितिका महामन्त्री अजिज अलि, प्रवासी एकता मंच कतारका महासचिव मोहन कार्की एनआरएनए एनसिसि कतारका प्रथम उपाध्यक्ष उतम गुरुङ, एनआरएनए आइसिसि कतार सदस्यहरु केवि हमाल र होम नाथ शर्मा, नेपाल मगर संघ, शाखा कतारका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार भिम तरामु मगरले शुभकामना मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा साँस्कृतिक प्रस्तुति स्वागत गित र स्वागत नृत्यबाट शुरुवात गरिएको कार्यक्रममा मगरहरुको विविध साँस्कृतिक झल्काउने नृत्यहरु हुर्रा, कौराह, सालैजो, चुडका, टप्पा, लोक गीतमा नेपाल मगर संघ,कतारको मातहतमा रहेकोको नेपाल मगर साँस्कृतिक परिवारका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए भने उक्त नृत्यहरुलाइ निर्देशन जनक थापा मगरले गर्नु भएको थियो ।
नेपाली कला केन्द्र बाट पनि साँस्कृतिक प्रस्तुति रहेको थियो साँस्कृतिक संयोजक तिल बिक्रम मगरले प्रस्तुतिहरु जिम्मेवार लिनु भएको थियो । साथै सस्था को लागी अचार,तरुल,बारा पकाएर सिता राना मगर साथै खगी पुन मगरले सहयोग गर्नु भएको थियो।
कार्यक्रममा गायक राम मगर, तारा थापा मगर, नेत्र थापा मगर र डि .एन मगरको सुमधुर स्वरमा दर्शकहरुको मन जित्न सफल भए भने नेपालबाट कार्यक्रम सफल बनाउन निम्ति आउनु भएका चर्चित लोकदोहोरी गायिका निर्मला थापा मगर आफ्नो चर्चित सालैजो कौराह गितहरुलाई कार्यक्रममा प्रस्तुत गरेर उपस्थित जनमानस लाई नचाएका थिए भने मोडल तथा डान्सर अस्मिता राना मगरको नृत्यले उपस्थित सम्पुर्णको मन जितेको थियोे।
साँस्कृतिक कार्यक्रमको संचालन डि.एन मगर, तिल बिक्रम मगरले संचालन गरेका थिए । साथै कार्यक्रममा उपस्तिथि रहेका जनमानसलाई मनोरञ्जन दिने उद्देश्यले महिलाहरुका लागि म्युजिकल चेयर र पुरुषहरुका लागि डोरी तान्ने खेल प्रतियोगिता आयोजना गरेको थियो उक्त प्रतियोगितामा म्युजिकल चेयर तर्फ सहभागी बीस प्रतियोगीहरु लाई पछि पार्दै अस्मिता पौडेल प्रथम र रिया पून मगर दोस्रो हुनुभएको थियोे।
डोरि तान्ने प्रतियोगिता तर्फ ८ समूह लाई पछि पार्दै जि.डब्लु.सि समुह प्रथम भएको थियो। मगर ड्रेसमा उत्कृष्ट महिला तर्फबाट जानू थापा मगर र पुरुष तर्फबाट फनिल थापा मगर बिजेता हुनु भएको थियो। बिजेताहरुलाई प्रमुख अतिथी, बिशिष्ट अतिथी र कार्यक्रमका सभापतिले पुरस्कार प्रदान गर्नु भयो ।
खेलकुद संयोजक नेपाल मगर संघका केन्द्रिय समिति सल्लाहकार खिम राना मगर हुनुहुन्थ्यो र सह संयोजक मगर संघ कतारका पुर्व खेलकुद संयोजक तथा सदस्य सुर्य थापा मगर हुनुहुन्थ्यो । साथै कार्यक्रमको अन्तमा नेपाल बाट पाल्नु भएको गायिका निर्मला थापा मगर र अकबुल खान ( गोर्खालि) को लाईभ दोहोरीले सम्पूर्ण दर्शक लाई भरपुर मनोरन्जन दिलाउनु भएको थियो ।
प्रमुख अतिथि नेपाल मगर संघ, शाखा कतार केन्द्रिय समितिका प्रमुख सल्लाहकार शेर बहादुर रोका मगरले नेपालका मगरहरुले माघ महिना शुरु भएपछि घाम अलिक न्यानो हुन थाल्ने, हिउँ पग्लने, पात झरेर नाङ्गो बनेका डालीहरुमा मुना पलाउने संभावना बढ्ने, उराठलाग्दो कष्टकर हिउँद सकिएको र अर्को मौसम शुरुवात भएको आभाषमा हाम्रा पुर्खाहरुले हर्षित भएर खुशियाली मनाउन थालेको दिन महिना हुँदै वर्खा अनि हिउँद सकिएपछि फेरी अर्को वर्ष शुरु हुन सुरसार गर्दा पुर्खाहरुले ‘माघे संकराती’ लाई मगरहरु ‘सारल्हेस’ (नयाँ वर्ष )भनी मनाउ थालेको र उक्त दिन मरेका पुर्खाहरुलाई पानी चढाउने डि डाँके (मगर भाषामा पानी चढाउने) पर्वको रुपमा मानेका बताउनु भयो ।
प्रवासमा बसेर आफ्नो चाड पर्व र कला संस्कृती भेषभुषा भासा लाई बचाइ राखेको मगर संघ कतारलाई धन्यवाद दिदै उपस्तिथ सम्पुर्णलाई माघ्या सकराटीको शुभकामना दिदै यो कार्यक्रमले भिजिट वर्ष २०२० लाई पनि प्रचारप्रसारमा सहयोग पुराउने ब्यक्त गर्नु भयो ।
अन्तमा, बोल्नुहुँदै कार्यक्रमको सभापति नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष बिजय कुमार मगरले कार्यक्रममा उपस्तिथ भएका सम्पुर्णलाई साथै कार्यक्रम सफल बनाउने सहयोग गर्ने सहयोगीहरु लाई धन्यवाद दिदै मगर संघ कतारले आफ्नो भेषभुषा , भाषालिपि, संस्कृती लाई सधै सम्बर्द्धन र प्रबद्र्धन गर्दै अगि बढदै जाने बताउदै कार्यक्रमलाई समापन गर्नु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend