साझा नेटवर्क
सिर्जना आचार्य, कपिलवस्तु माघ ५ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ५ मा रहेको लोकप्रिय कृषि सहकारी संस्थाले वडा भित्रका संस्थामा आबद्ध भएका नगरिकहरुलाई उत्पादन मुखि पेसाबाट आत्मनिर्भर बन्ने बाटो देखाएको छ ।

सहकारीले प्रदान गरेको २ कट्ठा जग्गामा सोहि वडाका जयप्रकाश चौधरीले अहिले टमाटर खेती गरिरहेका छन् । उनले लगाएको टमाटर अहिले बजारमा विक्रिका लागि तयार भएको छ भने खेतबाटै पनि उनले समुदायमा विक्रि गर्ने गरेका छन् ।
लगातारको वर्षा रोकिए पछि लागेको घाममा आज विक्रिका लागि टमाटर टिप्दै गरेका चौधरीले आफूलाई टमाटर खेतीले राम्रो आम्दानी पनि दिएको सुनाए । उनी जस्तै सहकारीको जग्गामा तरकारी खेती गर्ने किसानको संख्या धेरै रहेको छ ।
सहकारीले उनीहरुलाई वार्षिक जग्गाको न्युनतमा भाडा तिर्नेगरी जग्गा उपलब्ध गराएको हो । जयप्रकाशले उत्पादन गरेको टमाटरले कपिलवस्तुका मुख्य बजारहरुमा अहिले बजार पाईरहेको छ ।
यस पटक टमाटर बेचेर उनले ५० हजार आम्दानी गर्ने लक्ष्य पनि लिएका छन् । टमाटर सँगै उनको बारीमा अहिले खुर्सानी पनि खेती भईरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend