logo
  • शनिबार, कार्तिक २२ २०८३

पश्चिम नेपाल विकास ट्रष्टद्धारा सहयोग प्रदान


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क,बुटवल माघ ३ ।

पश्चिम नेपाल विकास ट्रष्टले विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गरेको छ । मृगौला सम्वन्धी विरामीदेखि रुखबाट खसेर घाइते भएकासम्मलाई आर्थिक सहयोग गरेको छ ।ट्रष्टका कोषाध्यक्ष पदम घिमिरेका अनुसार नवलपरासी घर भई बुटवलमा बस्दै आएका कर्ण बहादुर थापा र तारा देवि थापाका सन्तानहरुका मृगौला खराब भएका कारण उपचारमा सहयोग पुगोस भनेर आर्थिक सहयोग गरिएको हो । सस्थाका तर्फबाट अध्यक्ष गौरीमाया थापाले १५ हजार सहयोग गरेकी छिन । उनका सन्तानहरुको बुटवल स्थीत मुटु अस्पतालमा नियमित डाइलासिस हुदै आएको छ । त्यस्तै बर्दिया जिल्लाको वर्ष २८ की लाउरी भन्ने बाढि पिडित महिला रुखमा चढि घास काट्ने क्रममा रुखबाट खसेर ढाड भाचिएको र आर्थिक अवस्था कमजोर भएकोले उपचारका लागि ३४ हजार ४सय ३५ रुपैया सस्थाले सहयोग गरेको छ ।

उनको नेपालगञ्जमा उपचार भईरहेको छ । सस्थाले बुटवल स्थित नेपाल अपाङ्ग आश्रमलाई टेवल समेत प्रदान गरेको छ । कोषाध्यक्ष घिमिरेका अनुसार २८ हजार लागतमा खानाखादा प्रयोग गर्न मिल्ने टेवल निर्माण गरी हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend