साझा नेटवर्क
कमल पौडेल, बागलुङ माघ ०२।
जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले युवाहरु कुलत र सामाजिक विभेदवाट टाढा रहनुपर्ने बताउनु भएको छ। जनचेतना युवा क्लवको २१ औं वार्षिकोत्सव तथा माघेसक्रान्ति मेला २०७६ को सक्न्यारमा उद्घाटन गर्दै उपप्रमुख भुसालले युवाहरु कुलतवाट जोगिनुपर्ने बताउनु भएको छ।
मगर जाति कला र संस्कृतिमा धनि भएको भन्दै नयाँ पुस्ता आफ्नो कला, भाषा र संस्कृति संरक्षणमा लाग्नुपर्ने बताउनु भएको छ। क्लवले कलाको विकास गर्न, खेल सञ्चालन गर्न र चेतना विकासमा महत्वपूर्ण योगदान पुरयाउन सक्ने भन्दै जनचेतना क्लवलाई शुभकामना व्यक्त गर्नुभएको छ। कार्यक्रममा बडिगाड महिला तथा वालवालिका सशक्तिकरण केन्द्रका अध्यक्ष विना थापाले युवा हरुलाई सिर्जनशिल वन्न आग्रह गर्नुभएको छ।
मेलाहरु फजुल खर्चका स्रोत बनिरहेका भन्दै सिर्जनात्मक र खेल तथा संस्कृति विकासको लागी हुनुपर्ने बताउनु भएको छ। क्लवका पूर्व अध्यक्ष चन्द्र बलामीले युवाहरुलाई सकारात्मक वाटोमा लाग्न अनुरोध गर्नुभएको थियो। सो कार्यक्रममा प्रायोजक, प्रमुख अतिथि लगाएतलाई मगर भेषभुषा झल्किने गादा आढाएर सम्मान गरिएको थियो। कार्यक्रम पुर्व पञ्चैवाजा सहित प्रसादी सेलाउन लब्धीखोला झरिएको थियो।
उद्घाटन कार्यक्रम अध्यक्ष प्रेम पुनको अध्यक्षता, कोषाध्यक्ष हेमन्त सलामी र मगरभाषामा पुनम पुनको स्वागत मन्तव्य तथा सचिव मनु थापाको सञ्चालनमा सम्पन्न भएको थियो। ४ दिन सम्म चल्ने मेलामा खुल्ला भलिवल प्रतियोगीता, सोरठी नाच प्रतियोगीता लगाएत प्रतियोगीतात्मक कार्यक्रमहरु रहेका छन्। आज पहिलो दिन भलवल प्रतियोगिताको उद्घाटन खेल भएको छ। भलिवलमा ११ समुह प्रतिश्पर्धामा रहेका छन्।





© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend