साझा नेटवर्क
रमेश विश्वकर्मा, गुल्मी माघ १ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेता डा. चन्द्र भण्डारीले सम्पूर्ण नेपाली जनतालाई माघे संक्रान्तिको शुभकामना दिएका छन् । नेता भण्डारीले सामाजिक संजाल फेसबुक मार्फत देश विदेशमा रहेका सम्पुर्ण नेपाली जनतालाई शुभकामना दिएका हुन् ।
शुभकामना दिदै नेता भण्डारीले विश्वमा नै हाम्राे चाडपर्व र सांस्कृति अत्यधिक वैज्ञानिक र विविधतापूर्ण रहेको बताएका छन् । चाडपर्व र संस्कृतीको संवर्द्धन र संरक्षण गरि आउने पुस्तालाई हस्तान्तरण गर्ने हामी सबैको दायित्व रहेको उल्लेख गर्दै नेता भण्डारीले भने-‘हामीले हाम्रो आउँदो पुस्तालाई हाम्रा पुर्खाले दिएको गाैरवशाली इतिहास, चाडपर्व र संस्कृतिको नासाे सुम्पन सकाैं भन्ने आशा र विश्वास लिएको छु ।’
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend