साझा नेटवर्क
अनिल खत्री, गुल्मी माघ १।
तिन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरु स्थित रिडीमा मागे सक्रान्ती मेलाको अबसरमा श्रद्धालु भत्तजनको घुँइचो लागेको छ।
गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडीमा माघे सक्रान्तीको अबसरमा रिडी स्थित कालीगण्डकी नदिमा नुहाउने तथा मेल अबलोकन गर्नेहरुको बिहानै देखि घुँइचो लागेको छ ।
माघे सक्रान्ति देखि तीनदिन सम्म कालीगण्डकीमा स्नान गरेर हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्तहुने विश्वास छ । हिन्दु धर्ममाविश्वास राख्नेहरुको बिहानैदेखि रिडीमा जमघट भएको हो । चार धाममध्यको प्रशिद्ध धार्मिक स्थल रुरु (रिडी) मा माघे सक्रान्ति मेला सुरू भएसँगै नुहाउने भीडभाड लाग्ने गर्द छ । माघे सक्रान्तिमा रिडी गएर ननुहाएमा मनोकांक्षहरु पुराहुनेसँगै सन्तोष नहुने भक्तजनहरुको भनाई रहेको छ ।
गुल्मी, पाल्पा र स्याङ्जाजिल्लाको संगम स्थल रिडीमा माघे सक्रान्तिको अवसरमा स्नानगर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ। भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिकालागि रिडी मेलामा आउने भक्तजनको भनाई रहेको छ। यस क्षेत्रमाप्राचिन समयमा देबदत्तऋषिले तपस्या गरेको धार्मिक मान्यता छ। रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ। रुरु क्षेत्रको हृषीकेश मन्दीरमा नेपालकै सबै भन्दा ठुलो भगवानको मुर्तीपनि रहेको छ ।
दोश्रो रुरु महोत्सव सुरु
तिन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरु स्थित रिडीमा १४ वर्ष पछि दोश्रो रुरु महोत्सव सुर भएको छ । ०६२ सालमा पहिलो महोत्सव आयोजना गरिएको थियो । तर बिभिन्न कारणले महोतसव गरिएको थिएन् । रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर १ मा गुल्मी उद्योग बाणिज्य संघ रिडी शाखाको आयोजनामा यहि पौष २९ गतेबाट माघ ९ गतेसम्म रुरु महोत्सव सुरु भएको हो । महोत्सवको मंलवार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका थिए । रुरु क्षेत्रको धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै नेपाल भ्रमण वर्ष र त्यसको प्रभावमा ल्याउनको निम्ति रिडीमा महोत्सव हुने भएको छ। महोत्सवको आयोजना गुल्मी उद्योग वाणिज्य संघको रिडी शाखा तथा रुरु फ्रेन्डस क्लबले संयुक्त रुपमा अयोजना गरेका छन् ।
महोत्सवको माध्यमबाट रिडीमा झण्डै २ लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष राखिएको छ। महोत्सवबाट संकलन हुने रकमले रिडीक्षेत्रको बृहतर बिकासका लागि खर्च गर्ने र आउदा बर्षहरुमा गरिने महोत्सबका लागि कोष खडा गरिने सुवर्णलाल कक्षपतिले जानकारी दिए । रुरु महोत्सवमा विशेषगरि कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामग्रिहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ। व्यापार तथा धार्मिक पर्यटनका लागि व्यपारिहरु रुकुम रोल्पालगायतका ठाउँवाट रिडी आउने गर्दछन्। मेलामा बिबिध साँस्कृतिक कार्यक्रम समेत राखिउको छ।
मेलामा घरेलु उत्पादीत सामग्री, कृषिउपज वस्तुहरुलाई प्रर्दशनीमा राखिदै आएको छ। रिडीमा लागेको मेलासँगै बिभिन्न सामाग्री बिक्रीका लागि २ सय ५० वटा स्टल राखिएको छ। सांस्कृतिक कार्यक्रम बाहेक मतकुवा, वाल उड्यन, पिङ्ग,कालि गण्डकीमा ¥याफ्टिङ्ग, कृषि मेला प्रर्दशनि, स्थानिय तिन जिल्लाका बिभिन्न संस्कृति झल्कने नाच गान तथा स्थानिय भेसभुसा झल्कने नाच सगै बिभिन्न जातिले तयार पारेका परिकारहरु पनि मेलामा राखिउको छ।
मन्दिर तथा मेला व्यवस्थापन समितिले दर्शन पछि टाढाबाट आउने दर्शनाथी को लागि निशुल्क खानपानको ब्याबस्था मिलाएको छ। ऐतिहासिक क्षेत्र रिडीमा माघे सक्रान्ती सगै एकादसी, साउने सक्रान्ती, असारे एकादसी, भदौरे कृष्ण अष्ठमी, कार्तिक ठुला एकादसी लगायतका पर्वहरुमा मेला तथा यस क्षेत्रमा नुहाउने तथा पुजा आजा गर्ने प्रचलन छ।
माघे सक्रान्तिको अबसरमा सेतीबेनी,रुद्राबेणी, लेक पोखरा छापहिले, छल्दी लगयतका स्थानमा पनि मेला लाग्ने गर्दछ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend