logo
  • शनिबार, कार्तिक २२ २०८३

रोल्पाको दोस्रो नम्बरमा पाङ वडा पुर्ण प्रसुतियुक्त वडा घोषणा


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

चोम बिष्ट, रोल्पा पुष २९ ।
पुर्ण सस्थागत प्रसुतियुक्त वडा घोषणा कार्यक्रम लुग्री गाउँपालीका वडा नं. १ पाङ वडापालिका अध्यक्ष मोति पुन मदनको अध्यक्षता र कार्यक्रमको प्रमुख अतिथी लुग्री गाउँपालीकाका अध्यक्ष दुर्गाबहादुर खड्काको प्रमुख अथित्वमा लुङग्री १ पाङ वडापालिका प्राङ्गणमा पौष २७ गते सम्पन्न भएको थियो । कार्यक्रमको विशिष्ट अतिथीमा गाउँपालीकाकी उपाध्यक्ष भिमकला बुढाथाोकि र स्वास्थ कार्यलय रोल्पाका क्षयरोग अधिकृत नोखराज प्रोखरेल रहनु भएको थियो ।

कार्यक्रममा पाङ साबिकको नौवटा वडाबाट गाउँ घरमा हुने सुत्केरी सुन्ने भन्ने जस्ता नारा र्याली सहित स्थानीयको बाक्लो उपस्थिति रहेको थियो त्यस्तै कार्यक्रमको अवसरमा लुग्री गउपालीका स्वास्थ्य साखा सयोजक लेपेन्द बुढाथोकि, नेकपाका प्रतिनिधि दिलबहादुर पुन, नेपाली काग्रसेका रिदम पुन, राप्रपा संयुक्तका चन्द्र बहादुर पुन, आमा समुहको तर्फबाट दिलमाया विष्ट, स्वास्थय स्वयम सेबिकाको तर्फबाट गणेशा पुन लगाएतले मन्तव्य राख्नु भएको थियो ।

पुर्ण सस्थागत प्रसुति वडा घोषण कार्यक्रमका प्रमुख अथिति खड्का ले यसरी स्वास्थ्य क्षेत्रमा वडा न १ ले महत्वोपुर्ण उपलब्धि हासिल गर्दै कार्यक्रम सभ्य एवं भभ्य रूपमा सम्पन्न भएको बताए।साथै उमेर नपुगी वालविवाह गर्दा आमा र शिशुको अकालमै ज्यान गइरहेको हुदा आफुहरुको पहिलो ध्यान अव वालविवाह न्युनिकरणमा जाने, यदि जो कोहिले पनी वालविवाह गर्ने गराउने गरेको पाइएमा कसैलाई पनी नछोड्ने बताउनु भएको छ ।

र्काक्रमको अवसरमा वडा कार्यलय भित्र रहेका नव प्रतिभा संवाद केन्द्र र सिर्जनसील बालक्लवले जनचेतना मुलक नाटक समेत प्रस्तु गरेका थिए । कार्यक्रमको विचमा आमा समुहले समेत आफ्नो प्रस्तुति रखेका थिए । वडा सचिव वेदुराम पाण्डेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन स्वास्थ्यचौकी पाङका प्रमुख दामोदार प्रसाद पुलामीले गर्नु भएको थियो ।

अभियान लाइ सफल बनाउनको लागी महत्वुर्ण सहयोग पुर्याउनु हुने ९ जना महिला स्वास्थ्य स्वमसेविकाहरुलाइ १/१ वटा मोवाइल सेट र प्रमाण पत्र दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । कार्यक्रमकै अवसरमा अन्य सहयोगीहरु स्वास्थ्य चौकीकी अनमि, स्वास्थ्यकार्यलका प्रमुख, वडा कार्यलय, स्वास्य चौकिलाई जग्गा दान गर्ने जग्गदाता, वडा भित्र रहेका सम्पुर्ण विद्यालय, राजनैतीक दल, आमा समुह लगाएत विभिन्न व्यत्तिललाई सम्मान पत्रदद्धारा सम्मान गरीएको थियो।

रोल्पा जिल्लामै यसरी पुर्ण सस्थागत प्रसुती वडा घोषणा भएको यो दोस्रो वडा भएकोमा पाङ बासिको लागि गर्व गर्ने ठाउँ हो लुङग्री गाउँपालिकाको तर्फबाट पहिलो नम्बरमा परेको छ । वडा भित्र गाउँबस्ती टाढा-टाढा रहेकोमा पायक पर्ने स्थानमा सुधारिएको गाउँ घर क्लिनिक सेवा संचालन केन्द्रको व्यवस्था गर्दै आइरहेको बताउदै कार्यक्रम सभापति पुनले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend