साझा नेटवर्क
सज्जन ढकाल, गुल्मी पुष २९ ।
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २, अर्बेनी देउराली भएकोट सडकखण्ड अवरुद्ध भएको छ । सडक निर्माण गर्दा मेसिन सन्चालन गरेको रकम उपलब्ध नभएको भन्दै उक्त सडक खण्डमा स्थानिय ब्यवसायी कुल प्रसाद न्यौपानेले यहि पौष २७ गते डोजर प्रयोग गरि सडकमा खाल्डो खनी सडक अवरुद्ध गराएका हुन ।

उक्त सडक निर्माण गर्दा लागेको लाखौं रकम आफुले लामो समय सम्म नपाएको र आफू माथी स्थानिय जनताले ठूलो अन्याय गरेको भन्दै अन्तिम उपायको लागि यस्तो शैली अपनाउन बाध्य भएको कुल प्रसाद न्यौपानेले बताउदै आएका छन ।
उक्त सडक साबिक अर्बेनी गा.बि.स.का वडा न १,२,३,र ६ वडाका जनसमुदाय लगायत हर्मिचौर वडा न १ का जनसमुदायले लामो समयदेखि प्रयोग गर्दै आएका थिए । सडकमा अचानक मेसिन सन्चालन गरेको रकम उपलब्ध नगराएको भनी सडक अवरुद्ध गर्नाले ३ दिन देखि स्थानिय जनसुदायको जनजीवन कष्टकर बनेको छ ।
स्थानिय जनताले गाँस काटेर चन्दा संकलन गरि खनेको उक्त सडक ३ दिन देखि अवरुद्ध हुदा पनि कालीगण्डकी गाउँपालिकाको प्रतिनिधित्व गर्दै बिजय भयका गाउँपालिका प्रमुखले पहल नगर्नु तथा मौन हुनु निकै लज्जास्पद भएको एक स्थानिय क्षेत्र बहादुर सारु मगरले जनकारी गराए ।
उनले भने जनताको जनमतबाट बिजय स्थानीय सरकार प्रमुखले समाधानको उपाय निकाल्नुको सट्टा मौन बसि प्रसासनमा पेस गरिएको निबेदनको समेत कुनै वास्था नगर्दा स्थानिय अपाङ्ग बिरामी जनताले दुख झेल्नु परेको छ । यो कस्तो लोकतान्त्रिक स्थानिय सरकार हो ? भन्दै प्रस्न समेत गरे । उनले पुन थप्दै भने, स्थानीय रुपमा उत्पादन हुने तरकारी फलफूल बजारसम्म पुर्याउन नसक्नाले श्रमजीवी परिवारको रोजिरोटी खोसिएको गुनासो समेत गरे ।
स्थानिय सरकार, जनप्रतिनिधी जनसमुदायसँग छ्लफल गरी निकास निकाल्नु पर्ने तर छलफलनै नगरी सार्बजनिक स्थलमा मनोमानी ढङ्गबाट समस्या र अवरोध सृजना गर्नु एकलौटी ढङ्गबाट रबैया प्रस्तुत गर्नु निन्दनिय कार्य हुनुका साथै भएकोट, बिसौना, देउरालिका स्थानिय जनतामाथी अन्याय गरियको कालीगण्डकी गाउँपालिका वडा न २ अर्बेनिका वडा अध्यक्ष देबि न्यौपानेले बताए ।
उक्त गलत कार्यका लागि पुर्तिघाट प्रहरी चौकी र गाउँपालिका प्रसासन कार्यालयमा न्यायको लागि निबेदन समेत दिएको जानकारी गराए । उनले भने काम गरेको पैसा दिनु पर्छ तर सबै सबुत प्रमाण सङ्ग बिल भर्पाइ पेस गर्नु पर्ने तर यसो नगरेर अराजक गुण्डागर्दी जस्तो शैली प्रस्तुत गर्नु निकै लज्जास्पद रहेको र कुनै हालतमा पनि अर्बेनी रिङरोड निर्माण कार्य नरोकिने समेत बताए ।
उक्त सडक निर्माण गर्दा लागेको रकम तत्कालीन बाणिज्य राज्य मन्त्री सुबर्ण ज्वारचन र वर्तमान गाउँ सरकार प्रमुखले एक सार्बजनिक समारोह तथा राजनितिक पार्टी, स्थानिय जनसुदायको विशेष उपस्तिथिमा उक्त सडक निर्माण गर्दा लागेको सम्पुर्ण ऋण नेपाली काङ्ग्रेस र तत्कालीन सरकारबाट भुक्तानी गरिने छ, भन्दै तम्सुक च्यातेको घोषणा समेत गरिएकोले स्थानिय सरकार बर्तमान अवस्थामा मौन रहेको समेत स्थानियले गुनासो गरे ।
आर्थिक वर्ष २०७५/७६ मा अर्बेनी रिङरोड निर्माणको लागि गाउँपालिका र केन्द्रको साझेदारी कार्यक्रम अन्तर्गत समपुरक बजेट बाट एक करोड २३ लाखको बजेट बिनियोजन गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend