logo
  • शुक्रबार, असोज ९ २०८३

प्रदेश ५ को नाम र राजधानी हिउँदे अधिवेशन बाट टुङ्गो लाग्छ – सचेतक ढकाल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,बुटवल पुष २९ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का सचेतक भूमिश्वर ढकालले प्रदेश नम्बर पाँचको नाम र राजधानी हिउँदे अधिवेशन बाट टुंगो लाग्ने बाताएका छन् ।उनले भने, ‘प्रदेश सभाबाट गठित प्रदेशको नामाकरण र केन्द्र निर्धारण गर्ने विशेष समितिले प्रतिवेदन बुझाएको छ, त्यो प्रतिवेदन प्रदेशको आगामी माघ ५ गते हुने ५ औं अधिवेशनमा प्रस्तुत हुन्छ । सोही प्रतिवेदन अनुसार प्रदेश ५ को नाम र स्थायी राजधानी घोषण गरिनेछ । ’सचेतक ढकालले प्रदेश सभाको यो बिषयलाई पार्टीलाई ह्विप नलाग्ने बताउँदै प्रदेश सभाकै एकताबाटै राजधानी तय गर्ने बताए । उनले प्रदेशका १२ वटै जिल्लाका जनतालाई अपनत्व गर्ने किसिमले राजधानी तय गर्ने जीकिर गरे ।

रिर्पोटर्स क्लब ५ नं. प्रदेशले मंगलबार बुटवलमा गरेको साक्षात्कारमा बोल्दै ढकालले प्रदेश सभाबाट गठित समितिले १२ वटै जिल्लामा राजनीतिक दल, समाजसेवी, बुद्धिजीविहरुसंग राय–सुझाव लिएको बताउँदै संकलन भएको सुझावलाई हेरेर प्रदेशको नाम र राजधानीको टुङ्गो गर्ने बताए । उनले माघ ४ गते संसदीय दलको बैठक बस्ने समेत जानकारी दिए ।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले प्रदेशको राजधानी र नामाकरणको बिषयमा प्रदेशले थेग्ने संचरना बनाउन धेरै आर्थिक लाग्ने बताउँदै बनेको संरचनालाई नबिगार्न आग्रह गरिन् । उनले कांग्रेसको पहिलो एजेण्डा भनेको प्रदेशको नामाकरण र राजधानी टुङ्गो लगाउने बताइन् । उनले भनिन्, ‘आगामी माघ ५ गते हिउँदे अधिवेशनको शुभारम्भ हुदैँछ र कांग्रेसको पहिलो एजेण्डा भनेको प्रदेशको नामाकरण र राजधानी टुङ्गो लगाउने बिषय हो ।’ उनले सरकारले राजधानी तय गर्न पहिले विशेष बनाएर पठाएको र फेरी अर्को विज्ञ समिति पठाएर ढिलो हुन पुगेको बताइन् । उनले अस्थायी राजधानी र नामाकरणको बिषयमा समय थपिनु नहुनेमा जोड दिइन् ।

कार्यक्रममा समाजवादी पार्टीका सचेतक सन्तोषकुमार पाण्डेले गौतम बुद्धको भूमि लुम्बिनीलाई नै प्रदेशको नामाकरण गर्नुपर्ने बताए । उनले भौतिक पूर्वाधार सम्पन्न रहेको हालको अस्थायी राजधानी बुटवललाई नै स्थायी राजधानी बनाउनुपर्नेमा जोड दिए । कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend