logo
  • शनिबार, कार्तिक २२ २०८३

दलितलाई हेला गर्ने अधिकार कसैलाई छैन : प्रदेश प्रमुख यादव


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सिर्जना आचार्य, कपिलबस्तु पुष २७।
पाँच नम्वर प्रदेशका प्रमुख धर्मनाथ यादवले संविधानमा उल्लेख भएका अधिकार कार्यान्वयनका हुनुपर्नेमा जोड दिनुभएको छ । दलित समुदाय भनेर अपहेलना गर्ने तथा विभेद गर्ने अधिकार कसैलाई नरहेको भन्दै अधिकारको लागी सवै एकजुट हुनुपर्ने बताउनुभयो ।

संविधानले दलित समुदायको प्रतिनिधित्वको ग्यारेन्टी गरेको भन्दै यसको कार्यान्वयन गर्न सम्वन्धि पक्षलाई आग्रह गर्नुभयो । राष्ट्रिय दलित पत्रकार संघ नेपाल, प्रदेश नम्वर ५ को प्रथम भेलालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

प्रदेश सांसद तथा भौतिक पूर्वाधार विकास समितिका सभापति आशा स्वर्णकारले प्रदेश भेलाले नयाँ सन्देश दिएको भन्दै दलित समुदायको पक्षमा पत्रकाहरुले कलम चलाउनुपर्ने बताउनुभयो । संघका अध्यक्ष तथा संविधानसभा सदस्य विनोद पहाडीले दलित समुदायको ऐजेन्डालाई मूलप्रवाहको मिडियामा स्थापित गर्न दलित पत्रकार संघ स्थापना गरिएको बताउनुभयो ।

दलित समुदायका पत्रकारहरु अब्बल रहेपनि मूलधारका सञ्चारमाध्यमले उपयुक्त अवसर नदिएको जिकिर गर्नुभयो । यस्तै प्रदेश सांसद कमलादेवी विश्वकर्माले दलित समुदाय हरेक क्षेत्रमा विभेद भोग्न बाध्य भएको भन्दै अब दलित पत्रकारहरुले समाज परिवर्तनका लागि सशक्त रुपमा कलम चलाउने बेला आएको बताउनुभयो ।

नेपालको संविधानमा जातीय छुवाछुत तथा भेदभाव गर्न नपाइने उल्लेख गरेपनि सामाजमा छवाछुत अन्त्य हुन नसकेको जनाउनुभयो । प्रदेश सांसद माला विश्वकर्मा , दीपा विश्वकर्मा, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा,जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपाली लगाएत दलित पत्रकारहरु एकजुट भएर एतिहासिक भेला गराउन सफल भएको धन्यवाद दिए ।

भेलाका अवसरमा दलित आन्दोलनमा अतुलनीय योगदान पुर्याउने ६ जना व्यक्तिलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा, जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्र मान नेपाली, संविधानसभा सदस्य शान्तिदेवी चमार, पूर्व साँसद उमा विश्वकर्मा, नेपाल भारत दलित मैत्री संघका केन्द्रीय अध्यक्ष ओम प्रकाश रामदाम र दलित अभियान्ता रामशुभक हरिजन रहेका छन् ।

सम्मानित व्यक्तिहरुलाई पाँच नम्वर प्रदेशका प्रमुख धर्मनाथ यादवले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend