logo
  • शनिबार, कार्तिक २२ २०८३

कपिलवस्तुको फलहारी बाबा बहुमुखी क्यम्पसमा ताला


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सिर्जना आचार्य, कपिलवस्तु पुष २७।
कपिलवस्तको महाराजगंजमा रहेको फलहारी बाबा बहुमुखी क्यम्पसमा ताला लगाइएको छ । महाराजगंजका स्थानियहरुले क्यम्पस प्रमुख सुर्यलाल कशौधन र प्रशासन शाखामा ताला लगाएका हुन् । क्यम्पस सञ्चालनको लागि खुलेको सदस्यता वितरणका विषयमा विवाद हुदा ताला लगाइएको हो ।

गतहप्ता खुलेको क्यम्पस सञ्चालन सदस्यताको आज अन्तीम दिन थियो । सदस्यता लिनका लागि महाराजगंज नगरपालिकाबासी विहानै देखी क्यम्पसमा जम्मा भएका थिए । सदस्यता लिन लाइन लागेका स्थानियहरुको फारम क्यम्पसका कर्मचारीहरु बुझना नमानेपछी विवाद भएको थियो । क्यम्पसका प्रमुख सुर्यलाल कशौधनले दिउँसो १ बजे नै कार्यालय बन्द गरी बहिरीएका थिए ।

क्यम्पस प्रगणमा जम्मा भएका स्थानियले आफुहरु पनि क्यम्पसको सदस्य बन्न इच्छुक भएको बताए पनि जबरजस्ती क्यम्पस प्रमुखले कर्मचारी सहित बहिरा निस्केका थिए । कार्यालय खोलेर प्रमुख र कर्मचारी भागेपछी स्थानियहरु आफुहरु पनि सदस्य बन्न पाउनु पर्ने माग राख्दै ताला बन्दी गरेका छन ।

महाराजगंज नगरपालिका वडाअध्यक्षहरु जगदिश प्रसाद तिवारी, शिव प्रसाद बनिया, मोहम्मद हुसेन धनिया, नैन दास मुराउ, स्थानिय अगुवा समाजसेवी विजय जयसवाल, इलाका प्रहरी कार्यालय महाराजगंजका प्रमुख अशोक श्रीवस्ताव, शसस्त्र प्रहरी बल सिमा सुरक्षा वेश क्यम्पका प्रमुख विशाल थापा, स्थानिय भद्रभालादमी शिक्षा प्रेमी, पत्रकारहरुको रोहबरमा मुुचुल्क उठेपछी स्थानियले बेलुका ५ बजे ताला बन्दी गरेका छन ।

कार्यालय खुलेकै समयमा आफुहरुको फारम जम्मा गरी रसिद नकाटी कर्मचारी बहिएपछी स्थानियहरु अक्रोषित हुदै ताला बन्दी गरेको स्थानिय शिक्षा प्रेमी गंगेश नाथ तिवारीले जानकारी दिनु भयो ।

हामीले क्यम्पसलाई व्यस्थीत गर्नका लागि सदस्यता लिन विहानै देखी लाइन बस्यौ तर क्यम्पस प्रमुख कसैको भनसुनमा यहाबाट भागेको तिवारीले बताउनु भयो ।स्थानियहरु क्यम्पस प्रमुख सुरज गुप्ता र क्यम्पस सञ्चालन समितिका अध्यक्ष निजाम धुनियालाई नपटक पटक सम्पर्क गर्दा समेत कुनै सुनुवाई नभएको स्थानिय सचिदान्द पाण्डेले बताउनु भयो ।

स्थानियले क्यम्पस सदस्यता पाएपछि मात्र ताला खोल्ने बताएका छन । यता क्यम्पस प्रमुख सुर्यलाल कशौधन र क्यम्पस सञ्चालन समितिका अध्यक्ष निजाम धुनियालाइ सम्पर्क गर्दा विभिन्न बहान बनाई क्यम्पसमा नआएको पाइएको छ ।

क्यम्पस प्रमुख सुर्यलाल कशौधनलाई सम्पर्क गर्दा ५ मिनेट, १० मिनेटमा आउछु भन्दै साझा सम्म कुराएका थिए । अन्तीम मेरो आमालाई सन्चो नभएको भन्दै पन्छीएका थिए । त्यस्तै क्यम्पसका अध्यक्ष निजाम धुनियाले आफु घर रहेको तर नतिनीको हात भचिएकोले आउन नमिल्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend