साझा नेटवर्क
तिलु शर्मा पौडेल, दोहा पुष २७ ।
“सबल र समृद्ध जिल्ला निर्माणका लागि प्रवासीको योगदान, सहयोग र सद्भाव सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने मूल नाराका साथ सन् २००४ मा मध्य्रपूर्वको देश कतारमा स्थापित तनहुँ सेवा समाज दोहा कतारले गत शुक्रवार आफ्नो एघारौँ अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले नारायण ढुङ्गानाको अध्यक्षतामा सर्वसम्मत १७ सदस्यीय कार्य समिति चयन गरेको छ ।

जसमा प्र. उपाध्यक्ष पदम गिरी, दि.उपाध्यक्ष सङ्गम पाण्डे, तृ. उपाध्यक्ष गणेश बहादुर छेत्री, महासचिव मीनराज वाग्ले, सचिव सन्तोष रेग्मी,कोषाध्यक्ष पदम बहादुर रानाभाट, सह कोषाध्यक्ष सूर्य गिरी चयन गरेको छ भने सदस्यहरूमा बम बहादुर रानाभाट, वृहस्पति राना, हिरा थापा, ऋषिराम थापा, दिया थापा मगर, राजु बि क, नरेश थापा, याम बहादुर सारू मगर धन प्रसाद राना मगर रहेका छन् ।
सनैयामा अवस्थित रोटना होटेलमा सम्पन्न उक्त अधिवेशन गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष हशराज ढकाल क्षेत्रीको प्रमुख आतिथ्यता तथा का.वा.अध्यक्ष नारायण ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको थियो । विधिवत् उद्घाटन गरी सुचारु गरिएको कार्यक्रममा स्वागत मन्तव्य सन्तोष रेग्मीले राखेका थिए भने जिल्लाको बारेमा सचिवालय सदस्य विकास भुजेलले प्रस्ट पारेका थिए ।
महासचिव पदम गिरीले कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष गणेश बहादुर क्षेत्रीले समाजले २ वर्षमा कुल ५० हजार ९२२ रियाल आम्दानी र ४४ हजार २२७ रियाल खर्च गर्दै ६ हजार ६९५ रियाल बचत रहेको आर्थिक विवरण पेस गरेका थिए ।
सांस्कृतिक विभाग लगायत विभिन्न कलाकारहरूको विशेष सांस्कृतिक प्रस्तुति समेत रहेको कार्यक्रममा खेलाडी कलाकार निवर्तमान कार्य समिति तथा अग्रज व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो । जिल्लाका पदम गिरी तथा अम्बिका खत्रीले एनआरएनए कतारमा जिल्लाको तर्फबाट प्रतिनिधित्व गरेकोमा विशेष सम्मान समेत गरिएको थियो ।
अत्यन्त सभ्य रूपमा सम्पन्न अधिवेशनमा संस्थाका अग्रज लगायत गण्डकी प्रदेश भित्रका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए ।
आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि क्षेत्रीले तनहुँ जिल्ला कृषिको उर्वर भूमि रहेको बताउँदै परदेशको सिप र पुजी अब स्वदेशमा लगानी गर्नु पर्ने बताए ।
महासचिव गिरीले सञ्चालन गरेको कार्यक्रमको खुला सत्रको समापन गर्दै सभापति ढुङ्गानाले अधिवेशन सफल बनाउन सहयोग पुराउने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने नव निर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक नवराज विकले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
शपथ ग्रहण पछि बोल्दै नव निर्वाचित अध्यक्षले सास्ताको हित र दिन दुखीको सेवा नै आफ्नो कार्यकालको मुख्य कार्य रहने प्रतिबद्धता व्यक्त गर्दै निवर्तमान अध्यक्ष केश गुर्माचान मगरलाई अन्तर्मन देखि धन्यवाद प्रकट गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend