logo
  • शनिबार, साउन ३० २०८३

गैरे कल्याण समाज रुपन्देहीको भेला सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बुटवल, पुष २७।
गैरे (गैह्रे) कल्याण समाज जिल्ला कार्य समिति रुपन्देहीको बृहत भेला तिलोत्तमा १ शंकरनगर वनवाटिकामा सम्पन्न भएको छ ।

वनभोज सहित आयोजना गरिएको भेलामा संस्था दर्ताको प्रक्रिया अगाडि बढाउने, संस्था दर्तापछि भवन निर्माणको लागि जग्गा पासको प्रक्रिया अगाडि बढाउने लगायतका विषयमा छलफल भएको थियो ।

संस्थाका अध्यक्ष टंक प्रसाद गैरे को अध्यक्षता र देव प्रसाद गैरेको सञ्चालनमा भएको कार्यक्रममा राष्ट्रिय कलाकारहरुले समेत, आफ्नो प्रस्तुती देखाएका थिए । भेलामा रुपन्देही, पाल्पा, गुल्मी, कपिलवस्तु नवलपरासी लगायतका जिल्लाबाट समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend