logo
  • शनिबार, कार्तिक २२ २०८३

सिर्जनशीलले मनायो ‘चाटर्ड डे’


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

बुटवल, पुष २७।
लायन्स क्लव अफ बेलवास सिर्जनशीलले आफ्नो पहिलो ‘चाटर्ड डे’ मनाएको छ । बुटवलको बेलवासमा विभिन्न समाजिक कार्यमा सकृय रहेको सिर्जनशीले चाटर्ड डे मनाएको हो ।

क्लवका अध्यक्ष मन्जु भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै क्लवका एड्भाइजर एमजेएफ सुनिता बजिमयीले महिलाहरु आफ्नो नियमित कामबाट माथि उठ्न आग्रह गरिन । उनले महिला पनि केही गर्न सक्छन् भन्ने उदाहरण बन्नु पर्नेमा जोड दिइन् ।

त्यस्तै कार्यक्रममा बोल्दै एम जे एफ रिजन चियर पर्सन पार्वति ज्ञवालीले क्षमता अभिवृद्धिका लागि महिलाहरुको सक्रीयता अवस्यक हुने बताइन् ।

क्लवका सचिव शान्ता गैरेको संचालनमा भएको कार्यक्रममा जनप्रतिनिधि विष्णु शर्मा, लायन्स क्लव आफ बेल्वास सिटीका अध्यक्ष लक्ष्मण खड्का, सचिव बेद प्रसाद गैरे,शिव उपाध्यय, उमलाल बन्जाडेलगाएतले बोल्दै समाज रुपान्तरणका लागि सिर्जनशीलले सकारात्मक भूमिका खेलेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend