logo
  • शनिबार, कार्तिक २२ २०८३

राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अजय जेम्स, गुल्मी पुष २७ ।
जिल्लाको सदरमुकाम तम्घासमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया गरिएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको आयोजनामा जिल्लाका १२ वटै स्थानीय तहका जनप्रतिनिधिहरु र सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

जिल्लाका जनप्रतिनिधि र सरोकारवालाहरुलाई राष्ट्रिय परिचयपत्रको बारेमा जानकारी गराउने, कसरी गाउँमा यो अभियान लगेर जाने भन्ने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका सूचना प्रविधि निर्देशक सुवास ढकालले जानकारी दिनुभएको थियो ।

उहाले यस अन्तरक्रिया कार्यक्रमले आगामी कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । सहभागीहरुलाई राष्ट्रिय परिचयपत्रका बिषयमा जानकारी गराउँदै उहाले भन्नुभयो “राष्ट्रिय परिचयपत्रले नागरीकलाई राज्यबाट हुने सेवा सुविधा सहज रुपमा प्राप्त गर्नका लागि प्रयोग गरीने आधारभूत पहिचानको आधार हो ।

राष्ट्रिय परिचयपत्रमा व्यत्तिका दुई किसिमका विवरण समावेश गरिने छ। जसमा वैयक्तिक विवरण र जैविक विवरण समावेश गरीने सूचना प्राविधि निर्देशक ढकालले जानकारी दिनुभयो । उहाले वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान श्रीमतिको नाम, स्थायी अस्थायी ठेगाना पर्दछन ।

जैविक विवरण अन्तर्गत औँठाछाप, दुईवटा आखाँको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरीने बताउनुभयो । त्यस्तै राष्ट्रिय परिचयपत्र सबै नेपाली नागरिकलाई प्रदान गरिने बताईएको छ । परिचयपत्रमा नागरिकतामा समाबेश गरिएको सम्पूर्ण विवरणहरु समावेश गरिएको हुन्छ । परिचयपत्र नम्बर कसैसंग दोहोरिने छैन र कसैले ढबल पनि पाउने छैनन् भन्ने कुरा पनि बताईएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका समन्वय प्रमुख लक्ष्मण पराजुलीले राष्ट्रिय परिचयपत्रको विवरण भर्दा सत्यतथ्य र यथार्थलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाले यो अभियानलाई विशेष महत्व दिएर स्थानीय तहहरुले आफ्नो ठाउँमा व्यापक रुपमा प्रचार-प्रसार गर्न आग्रह गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले राष्ट्रिय परिचयपत्र विवरण भर्नको लागि प्रचार प्रसारको लागि स्थानीय सम्पुर्ण संचार माध्यमबाट जानकारी गराउने बताउनुभयो ।

उहाले यो अभियान सुरु हुनुभन्दा पहिले जिल्लाका सबै स्थानीय तहमा पुगेर यस्तै अन्तरक्रिया गर्न आग्रह गर्नुभयो । गुल्मी जिल्ला सहित ६ वटा जिल्लामा पहिलो चरणको राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न लागिएको बताईएको हो ।

कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहका जनप्रतिनिधि वडा अध्यक्षहरु, जिल्लास्थित सरकारी कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको उपस्थित रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको अध्यक्षता तथा जिल्ला समन्व्य समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend