logo
  • शुक्रबार, असोज ९ २०८३

जापानमा निधन भएका सुरजको अन्त्येष्टिका लागि सहयोगको अपिल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

लक्ष्मी पौडेल, जापान पुष २५ ।
नेपालको नवलपरासी स्थित गैँडाकोट ६ घर भएका जापानको साईतामा केनमा बसोबास गर्ने सुरज कंडेलको हिज निधन भएको छ । ४ बर्ष अघी कुक भिषामा जापान आएका मृतक सिन्जुकुमा काम गर्दै आएका थिए ।

बुधबार काम बिदामा रहेका उनी बुधबार पनि काममा नआए पछि फोन सम्पर्क गर्दा समेत सम्पर्कमा नआएपछि साथी कोठामा जादा कोठाभित्र मृत अबस्थामा फेल परेको थियो ।

प्रहरीको रिपोर्ट अनुसार के कारणले मृत्‍यु भयो भन्ने खुलाएको छैन । तर पनि कडेलले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

निजको अन्त्येष्टि जापान मै गर्नुपर्ने भएको हुदा सक्दो आर्थिक सहयोग गरीदिनु हुन नवलपुर समाज जापान र नवलपरासी समाज जापानले अपील गरेको छ  ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend