logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अजय जेम्स, गुल्मी पुष २५ ।
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड शाखा कार्यालय गुल्मीको आयोजनामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत वित्तिय सारक्षता कार्यक्रम सम्पन्न भएको हो ।

‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैङ्क खाता’ भन्ने नाराका साथ राष्ट्रिय वाणिज्य बैङ्कले प्रदान गर्ने वित्तिय सेवाहरुका बिषयमा सहभागीहरुलाई जानकारी गराईएको थियो । सथै नोटलाई कसरी सुरक्षित र नक्कली नोटलाई कसरी चिन्ने भन्ने बिषय सोहि बैङ्कका सहायक म्यानेजर कृष्ण पण्डेले बताएका थिए ।

त्यस अवसरमा रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लीराज भुसालले राष्ट्रिय बाणिज्य बैङ्क जनताको बैङ्क भएको बताउनु भएको थियो ।

उहाँले अबको आर्थिक विकास कृषिबाट मात्रै गर्न सकिने भएकाले बैङ्कहरुले कर्जा प्रवाह गर्ने र स्थानीय सरकारले कृषि उपजको ग्यारेन्टी गर्ने योजना बनाउनु पर्ने बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधी कर्मचारी पत्रकार लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend