साझा नेटवर्क
सज्जन ढकाल, गुल्मी पुष २५ ।
गुल्मीको कालीगण्डकी गाउपालीकामा एम्बुलेन्सको भाडा दर कायम गरिएको छ । पण्डित बेणि माधव पौड्याल प्रतीष्ठान गुल्मीद्वारा कालीगण्डकी ७ भुर्तुङ्ग छापचौर स्थित भुर्तुङ्ग स्वास्थ्य चौकिलाई “स्थानिय जनसमुदायले अकालमा ज्यान गुमाउन नपरोस” भन्ने उद्देश्यले पौड्याल परिवारले प्रदान गरेका थिए ।

सोहि एम्बुलेन्सको यहि पौष २१ गते एम्बुलेन्स ब्यवस्थापन तथा परिचालन समितिले निर्णय गरि विभिन्न स्थानमा भाडा दर कायम गरेको हो । चालकलाई मासिक दस हजार पारिश्रमिक दिने र पुगेको स्थानको १२% भत्ता दिने निर्णय गरेको छ ।
छापचौर -हिले १५००, छापचौर -खस्कोट १०००, छापचौर -धुवाखोला १०००, छापचौर -कराङ्तुङ ८००, , छापचौर -भुर्तुङ्ग ८००, छापचौर -नागा ८००, छापचौर -नयाँगाउँ ८००, छापचौर -अमराइ ८००, छापचौर -झिर्बास ८००, छापचौर -मैदाना,भट्टेटोला पल्लाटोला ५००, छापचौर- बरेङ्ग १५००, छापचौर -तोलाकोट १५००, छापचौर- सान्तिपुर ४०००, छापचौर -लुङ्ग २५००, छापचौर- पालुङ सपाङ्दे २०००, छापचौर-काठमाडौ १५००० कायम गरिएको छ ।
त्यस्तै छापचौर-बुटवल ७५००, छापचौर -पाल्पा ६५००, छापचौर -पोखरा ८५००, छापचौर -भरतपुर १२०००, छापचौर -भैरहवा ८०००, छापचौर- ग्वाघा २५००, छापचौर -गब्दे ,पेक्सरपाटा १५००, छापचौर -फोक्सिङ्ग २०००, छापचौर -खनियापाटा ८००, छापचौर- देउराली कोरेङ्ग १५००, छापचौर -तिलकचोक/आले १०००, छापचौर-पुर्तिघाट २००० रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend