logo
  • शनिबार, भाद्र २० २०८३

जापानमा पत्रकार थापा र जनप्रतिनिधि भण्डारी सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

लक्ष्मी पौडेल,जापान पुष २५ ।

जापान भ्रमणमा रहनु भएका नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद थम्मन थापा सन्देशलाई ओसाकामा विभिन्न संघ संस्थाले सम्मान गरेका छन ।गलकोट समाज जापान क्षेत्रिय समिति कान्साई, जनसम्पर्क समिति जापान कान्साई र स्टार ग्रुप ओसाकाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरि सम्मान गरेका हुन । एक दशक देखि पत्रकारिता मार्फत समृद्व समाज निर्माण गर्न उल्लेख्य भुमिका खेलेको भन्दै पत्रकार थापालाई खादा, उपहार र सम्मान पत्रद्वारा सम्मान गरिएको गलकोट गलकोट समाज जापान क्षेत्रिय समिति कान्साईका सल्लाहकार सुमिट खत्रीले जानकारी दिए ।

पत्रकार थापा बागलुङमा रहेर एक दशक देखि पत्रकारितामा सकृय रहँदै आएका छन । उनी विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्व रहेर सामाजिक अभियान्ताको रुपमा काम गर्दै आईरहेका छन । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिल बहादुर थापा रामु र शाखाको निमन्त्रणामा पत्रकार थापा अहिले जापान भ्रमणमा रहेका छन ।सो अवसरमा गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष तथा नगरपालिका प्रवक्ता हिम बहादुर भण्डारी हेमन्त पनि सम्मान गरिएको छ । २०७४ को स्थानिय तहको निर्वाचनमा निर्वाचित वडा अध्यक्ष भण्डारीले समृद्व गलकोट निर्माणमा पुराएको योगदानको कदर गर्दै खादा, उपहार र सम्मान पत्रद्वारा सम्मान गरिएको जनसम्पर्क समिति जापानका प्रतिनिधी यदुराम सापकोटाले बताए । जापान भ्रमणको सिलसिलामा रहेका भण्डारीलाई ३ वटा संस्थाले संयुक्त रुपमा सम्मान गरेका हुन ।

सम्मान कार्यक्रम पछि बोल्दै गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले जापानको विकास समृद्वि र यहाँको राम्रो पक्षलाई नेपालमा अनुसरण गरि कडा मेहनत र अनुसासन पालना गर्न सके देशलाई विस्तारै समृद्विको बाटोमा अगाडी लैजान सकिने बताए । त्यस्तै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद पत्रकार थम्मन थापाले जापानको स्थलगत अवलोकनले धेरै कुरा अध्ययन गर्ने अवसर प्राप्त भएको बताए ।सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा अझै जिम्मेवारी बन्दै कार्य सम्पादन गर्न सम्मानले थप प्रेरणा प्रदान गरेको पत्रकार थापाको भनाई छ ।

जिग्री दोहोरी साँझ ओसाकामा आयोजित कार्यक्रममा एन आर एन ए आई सि सी सदस्य तुलसीराम खरेल, गलकोट समाज जापानका संस्थापक एवं संरक्षक हर्क थापा, संरक्षक आत्मराम गैरे, गलकोट समाज जापानका सल्लाहकार जगत थापा, एन आर एन कान्साईका उपाध्यक्ष दिलिप शर्मा र उपाध्यक्ष हरि कँडेल, गैरे सेवा समाज जापानका पदाधिकारीहरु, बिहिँकोट समाज कान्साईका पदाधिकारीहरु, गलकोट समाज जापान क्षेत्रिय समिति कान्साई, जनसम्पर्क समिति कान्साई र स्टार ग्रुप कान्साईका कार्यसमिति पदाधिकारीहरु, सल्लाहकारहरु, शुभेच्छुकहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend