logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा बिपद न्यूनिकरण गर्न कार्यक्रम


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री,गुल्मी पुष २५ ।

भूकम्प पछि निर्माण गरिने भवनहरुमा जोखि न्यूनिकरण गर्ने उदेश्यले गुल्मीमा बिद्यालय स्तरिय कार्यक्रम गरिएको छ । जिल्ला सदरमुकाम तम्घासमा बिद्यालयमा आधारित बिपद जोखिम न्यूनिकरण सम्बन्धी कार्यक्रम गरिएको हो ।राष्ट्रिय पूनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाइ शिक्षाको आयोजनामा जिल्ला भर रहेका मध्ये ४३ वटा बिद्यालयका प्रधानाध्यापकहरुको शहभागितामा बिपद जोखिम न्यूनिकरण सम्बन्धी कार्यक्रम राखिएको थियो । निर्मिाण भइरहेका कक्षा कोठाहरु भवनहरु सुरक्षित, बलियो बनाउने उदेश्यले कार्यक्रम गरिएको राष्ट्रिय पूनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाइ शिक्षा गुल्मीका प्रमुख पिताम्बर पन्थीले बताए ।

पूनर्निर्माण भइरहेका भवनहरु र अबका दिनमा निर्माण हुने बिद्यालयका भौतिक संरचनाहरु आफैले निर्माण गरेका आफनो लागि घातक नहोउन भन्ने उदेश्यले कार्यक्रम गरिएको प्रमुख पन्थीले बताए । जिल्लाभरबाट आएका बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरुलाई बिपद न्यूनिकरण र नेपालको अबस्थाको बारेमा शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नायव उपरिक्ष बिनोदराज खनाल, जिल्ला आयोजना कार्यन्वयन इकाइ शिक्षा गुल्मीका इन्जिनियर लक्ष्मण राउतले जानकारी गराएका थिए । अब बन्ने संरचनाहरु बिपद मैत्री बनाउने बारे प्रर्शिक्षणमा राखिएको थियो । सानो कुरामा ध्यान दिन सके विपदबाट जोगिन सकिने जिल्ला समन्य समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले बताए । धेरै जसो बिपद हामीले बनाएका संरचनाबाट हुने गरेको पराजुलीको भनाई छ । प्रकृतिक बिपदले भन्दा पनि हामीले निर्माण गरेका संरचनाबाट ठूलो जनधनको क्षती हुने गरेकाले बिपदलाई न्यूनिकरण गर्न संरचना निर्माणमा ध्यान दिनुपर्ने प्रमुख पराजुलीले बताए ।

भुकम्प पछि धेरै जासो निर्माण भएका भवनहरुमा केहि परिर्वतन आएको छ । तर बिपदको बेला केहि समय सम्झीने गरेपनि केहि समयपछि भुल्ने बानीले पनि बिपद न्यूनिकरणमा ध्यान नगएको गुल्मीका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए ।
सामान्य कुराले पनि बिपद न्यूनिकरण गर्न सकिने प्रमुख जिल्ला अधिकारी निरौलाको भनाई छ ।

अब सबैले तिम्रा संरचनाले तिम्लाई मार्ने छ तिमी भुकम्पले मर्दैनौं बिपदबाट मर्दैनौं भनेर भन्नु पर्ने बेला आएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend