साझा नेटवर्क
साझा नेटवर्क, रुपन्देही पौष २५ ।
रुपन्देहीमा जारी शुद्धोधन गाउँपालिकाको सातौ फर्साटिकर कप २०७६ को बिहीवार भएको खेलमा पाल्पा ११ लाई सडन डेथमा पराजित गर्दै फर्साटिकर युवा क्लब सेतो फाइनलमा प्रवेश गरेको छ।
सेमिफाइनल खेलमा फर्साटिकर युवा क्लब सेतोले पाल्पा ११ लाई सडन डेथमा५र४ ले हराउदै फाइनलको यात्रा पक्का गरेको हो । निर्धारित समयमा दुबै टोलिबाट एकएक गोल भएको थियो । फर्साटिकर युवा क्लबको तर्फबाट दोस्रो हाफको १० औ मिनेटमा सुजन राना र पाल्पा ११को तर्फबाट दोस्रो हाफको ३० औ मिनेटमा जनममान लिगले १ गोल गरेका थिए।
म्यान अफ म्याच बिजयी टिमका सुजन राना भइ २००० नगद प्राप्त गरेका छन। अबको फाइनल खेल भैरब फुटबल क्लब नवलपरासी र फर्साटिकर युवा क्लब सेतो बिच पौष २६ गते हुने भएको छ। फर्साटिकर युवा क्लब, शुद्धोदन–४, फर्साटिकर रुपन्देहीको आयोजनामा शुरु प्रतियोगितामा रुपन्देही, पाल्पा, चितवन, नवलपरासीका गरि कुल १६ टोलीहरुको सहभागिता रहेको थियो ।
शुद्धोदन गाउँपालिका, रुपन्देहीको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख प्राप्त गर्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने कार्यक्रम संयोजक भेषराज पौडेलले जानकारी दिए । रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend