logo
  • शनिबार, साउन ३० २०८३

विद्यालय सुधारका लागि प्रभावकारी बन्दै सुशासन मापन विधि


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

हिरा कुवँर,गुल्मी पुष २४ ।

विद्यालयको समग्र सुशासन र सेवा प्रवाहलाई व्यवस्थित बनाउनका लागि कार्यान्वयन भइरहेको सुशासन मापन विधि प्रभावकारी बन्दै गइरहेको पाइएको छ ।एकीकृत ग्रामीण विकास समाज गुल्मीले पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत जिल्लाको गुल्मीदरबार गाउँपालिका २ जुभुंगको काभ्रेपोखरी माध्यमिक विद्यालय र छत्रकोट गाउँपालिका ३ को हर्दिनेटा माध्यमिक विद्यालयमा विगत १ वर्षदेखि उक्त विधिको कार्यान्वयन गरिरहेको छ ।

यस कार्यक्रमले विद्यालय सुधारका लागि के कस्तो सहयोग गरेको छ भन्ने विषयमा पुस २३ गते दुईवटै विद्यालयमा गरिएको अन्तरक्रियात्मक छलफलमा उक्त कुरा पाइएको हो । विद्यालय व्यवस्थापन समितिको बैठक नियमित गर्न, निर्णय प्रक्रियामा समुदायको सहभागिता बढाउन, वार्षिक योजना र विद्यालय सुधार योजनाको सही रुपमा कार्यान्वयन गर्नका लागि कार्यक्रमले सहयोग पु¥याएको सहभागीहरुले बताए ।काभ्रेपोखरी माविका व्यवस्थापन समिति अध्यक्ष ज्ञानबहादुर खड्काले विद्यालयले गर्नुपर्ने अनिवार्य कामहरुलाई समयमा नै पुरा गर्न कार्यक्रमलेसचेत बनाएको बताए । नागरिक समाज संस्थाको निगरानीले सुधारका लागि मदत पुगेको समेत उनले बताए । यसैगरी मैण्डाँडा मावि व्यवस्थापन समितिका अध्यक्ष नरपति काफ्लेले सुशासन भनेको आत्म अनुशासन भएकोले जवाफदेही निकायमा बसेको प्रत्येक व्यक्ति जिम्मेवार बन्नुपर्नेमा आफुहरु सजग भएको बताउँदै सहयोगका लागि संस्थालाई धन्यवाद दिए ।

छलफलमा एफएचआई ३६० का प्राविधिक सल्लाहकार जोसेफ सानी, सुशासन सल्लाहकार प्रणव भट्टराई, एकीकृत ग्रामीण विकास समाजका अध्यक्ष हिरा अर्याल लगाएतले सहजीकरण गर्नुभएको थियो । सामाजिक जवाफदेहिताका औजारहरुमध्ये एक नयाँ औजारको रुपमा रहेको सुशासन मापन विधिअन्तर्गत सहभागिता, पारदर्शिता, जवाफदेहिता, विधिको शासन, समता लगाएतका क्षेत्रमा सेवाप्रदायक र सरोकारवालाले स्वमूल्यांकन गरी सुधारको लागि कार्ययोजना तयार पार्ने गर्दछन् । उक्त कार्ययोजना कार्यान्वयनका लागि अनुगमन तथा मुल्यांकन समिति बनाई विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक लगाएत सरोकारवालाले कार्यान्वयन भए नभएको समीक्षा समेत गर्दछन् ।एकीकृत ग्रामीण विकास समाज गुल्मीले युएसएआइडी को आर्थिक सहयोग र एफएचआई ३६० संगको सहकार्यमा नागरिक समाजको क्षमता अभिवृद्धि र सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले गुल्मी र अर्घाखाँचीमा पारस्परिक जवाफदेहिता परियोजना सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend