साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
कतारमा दुर्घटनामा परि उपचारको क्रममा मृत्यु भएका पर्वतको पैयुका स्वर्गीय देवेन्द्र थापाको परिवारलाई पर्वत समाज कतारले आर्थिक सहयोग प्रदान गरेको छ ।
२०७५ भदौ २९ गते कम्पनीमा काम गर्दै गर्दा लिफ्टले थिचेर गम्भीर घाइते भएका थापाकाे गत पुष पौष ११ गते काठमाडौंकाे ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा निधन भएका स्वर्गीय थापाको परिवारलाई समाजले सोमबार नगद ४७ हजार ७ सय १७ रूपैयाँ प्रदान गरेको हो ।
दुर्घटना पछि कतारकाे सरकारी अस्पतालमा उपचार भए पनि स्वास्थ्यमा सुधार नभएपछि कम्पनिले स्वर्गीय थापालाई गत ०७६ असाेज २८ गते नेपाल पठाएको थियाे ।पैयु गाउपालिका अध्यक्ष खगेन्द्र तिवारीको प्रमुख आतिथ्यता र वडा नम्बर ३का अध्यक्ष विष्णुप्रसाद काफ्ले, वडा सदस्य देउ बहादुर थापा लगाएतको उपस्तिथिमा पर्वत समाज कतारका निवर्तमान अनुशासन बिभाग प्रमुख यामबहादुर क्षत्रीले स्वर्गीय थापाको आमा भिम कुमारी थापालाई रकम हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममामा बोल्दै पैयु गाउपालिका अध्यक्ष खगेन्द्र तिवारीले वैदेशिक राेजगारीकाे क्रममा हुने दुर्घटना र निधन प्रति सरकार गम्भीर हुनुपर्ने भन्दै मानवीय कार्यको लागि पर्वत समाज कतारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
नगद हस्तान्तरण गर्दै निवर्तमान अनुशासन बिभाग प्रमुख क्षत्रीले स्वर्गीय थापाको परिवारकाे आर्थिक अवस्था कमजाेर रहेकाेले छाेराछाेरीकाे पढाइमा सहज हाेस भनेर पर्वत समाज कतारले आर्थिक सहयाेग गरेकाे क्षेत्रीले बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend