logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सेवा समाज कतारद्वारा छात्रवृत्ति तथा आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार अविरल पन्थी, दोहा पुष २४ ।
गुल्मी सेवा समाज कतारले दुईजना पिडितलाई आर्थिक सहयोग गरेको छ । गुल्मी जिल्लाको मालिका गाउपालिका ५ निवासी मुटुरोगी इन्द्रा भण्डारी र सोहि गाउपालिका निवासी मेरुदण्ड रोगी माया बिकलाई प्रति व्यक्ति ३० हजारका दरले आर्थिक सहयोग गरेको हो ।

त्यस्तै सोहि राहत हस्तान्तरण कार्यक्रमका अवसरमा मालिका गाउपालिकामै रहेका तिन विद्यालयमा छात्रवृत्ति समेत वितरण गरेको छ । गुल्मी सेवा समाज कतारले विगतका वर्षहरुबाट सञ्चालन गर्दै आएको छात्रवृत्ति अभियान अन्तर्गतको तेश्रो चरणको अभियानका क्रममा सोहि गाउपालिकाका विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

मालिका गाउपालिकाको जमलपोखरा माविमा एक कार्यक्रम आयोजना गर्दै गुल्मी सेवा समाज कतारका सल्लाहकार बाबुराम महतले पिडित द्वयलाई राहत रकम हस्तान्तरण गरेका थिए । त्यस्तै सोहि विधालयमा अध्ययनरत बिष्णु कुवर, सीता सुनार र जीवन महतारालाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

कार्यक्रममा बिधालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बहादुर खड्का, मालिका गाउपालिका ५ का वडा अध्यक्ष श्यामलाल गिरि, गुल्मी सेवा समाज कतारका सल्लाहकार बाबुराम महत, शोभाकर गिरि, तुल्सी गिरि, बिधालय व्यवस्थापन समितिका सदस्य प्रेम बहादुर खड्का, शिक्षक ढुनडिराज अर्याल, उपेन्द्र बहादुर खड्का, खिमराज गिरि लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै मालिका गाउपालिका ५ छापाहिलेमा रहेको श्री विद्यादेवी प्राथमिक बिधालयमा पनि वडा अध्यक्ष श्यामलाल गिरिको उपस्थिति एवं विधालय व्यवस्थापन समितीको रोहवरमा राजु बिक, लक्ष्मण बिक तथा सोहि विद्यालयमा अध्ययनरत अन्य २२ जना विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ ।

त्यसैगरी श्री मालिका प्राथमिक बिद्यालयमा पनि वडा अध्यक्ष श्यामलाल गिरि तथा स्कुल व्यवस्थापन समितिको रोहवरमा १० जना विद्यार्थी गणेश अर्याल, अस्मिता अर्याल, अनुजा बिक, बाबुराम बिक, कमला अर्याल, हिमाल बिक, अन्जना बिक, राधिका अर्याल, शान्ती बिक र नमिता बिकलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले प्रवासबाट समाजले जिल्लाका लागि चलाएको अभियानले बिद्यार्थीको मनोबल बृद्दि गर्ने कार्य गरेकोमा धन्यबाद ब्यक्त गरे । समाजले जिल्लाका नगरपालिका तथा गाउपालिकाका विभिन्न विद्यालयहरुमा पहिलो र दोश्रो चरणको छात्रवृति वितरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

त्यस्तै तेश्रो चरणको अभियान अन्तर्गतको वितरण कर्यक्रम जिल्लाका नगरपालिका तथा गाउपालिकाका कतिपय विद्यालयहरुमा सम्पन्न गरिसकेको छ भने बाकि रहेका विद्यालयमा छात्रवृत्ति वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ ।

स्मरण रहोस समाजले छात्रवृत्ति मात्र नभएर प्रवास तथा जिल्लामा विभिन्न समयमा भइ परी आउने समस्यामा समेत आर्थिक सहयोग उपलब्ध गराउदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend