logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको दजाकोटमा माघि मेला हुँदै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल,गुल्मी पुष २३ ।

नेपाल मगर संग मुसिकोट ४ वडागाउँ दजाकोटले माघि मेलाको आयोजना गर्ने भएको छ ।आगामी माघ १ गते विभिन्न कला संस्कृति र परिकारको प्रर्दशनी तथा विविध साँस्कृति कार्यक्रमको आयोजना गरेर माघि मेला मनाउने निर्णय भएको प्रचारप्रसार उपसमिति संयोजक बिमल छन्तेलले बताए । जसका लागि दुर्गा बहादुर राकसकोटीको अध्यक्षतामा १५ सदस्य मुल आयोजक समिति गठन गरिएको छ ।

साथै नौ वटा उपसमिति गठन भएका छन् । सचिवालय संयोजकमा बोम बहादुर छन्तेल, आर्थिक व्यावस्थापन उपसमिति संयोजकमा छविलाल राकसकोटी, मञ्च व्यावस्थापनमा संयोजक नर बहादुर सनारी, प्रचारप्रसार उपसमिति संयोजकमा बिमल छन्तेल, उद्घोषणमा चुरा बहादुर छन्तेल, साँस्कृति व्यावस्थापन उपसमिति संयोजकमा सोम बहादुर पेमी, स्वयसेवक व्यावस्थापन उपसमिति संयोजकमा हिरा राकसकोटी भैलो व्यावस्थापन उपसमितिको संयोजकममा डिल बहादुर सनारी रहनुभएको छ ।

कार्यक्रममा यानीमाया गीतका प्रसिद्ध गायक तृसना घर्ति मगर र सोरठीका प्रसिद्ध गायक प्रसाद खप्तडीको बेजोड प्रस्तुती रहने छ । बैठकले दजाकोटमा होमस्टे संचालन गर्ने, मगर कला संस्कृतिको संरक्षण गर्ने, भिजिट नेपाल २०२० लाई सहयोग गर्ने, प्रसिद्ध अकाला देवीको मन्दिरको पुर्निमाण गर्ने निर्णय गरेको सचिवालय संयोजक बोम बहादुर छन्तेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend