logo
  • शनिबार, कार्तिक २२ २०८३

मोटरसाईकल दुर्घटनामा युवकको ज्यान गयो


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सिर्जना आचार्य, कपिलवस्तु पुष २२ ।
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ११ देउवापार्कमा मोटरसाईकल दुर्घटना हुदाँ एक युवकको ज्यान गएको छ । लु १ त ९६२८ नम्बरको बलेरो जिप सँग लु १३ प १२५० नम्बरको मोटरसाईकल ठोक्दिा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

दुर्घटनामा परि मोटर साईकल चालक वाणगंगा नगरपालिका वडा नम्बर ११ का २८ वर्षिय कृष्ण थारुको उपचारको क्रममा कपिलववस्तु सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै सोही मोटरसाईकलमा सवार सोही स्थानका २७ वर्षिय कृष्ण प्रसाद चौधरीलाई उपचारका लागि वुटवल पठाईएको प्रहरीले जनाएको छ । ठक्कर दिने बलेरो जिप र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend